कलैया । श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नं. ३ को प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले नेपाली कांग्रेसको नेतृत्वमा मुलुकलाई निकाश दिएको बताएका छन् ।
जितपुर सिमरा उपमहानगरपालिकाको वडा नं. १८ को बडहर्वामा सम्पर्क कार्यालयको उद्दघाटन र वडा नं. १४ मा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मंसुरले कांग्रेस नेतृत्वको सरकारले मुलुकमा नया संविधान ल्याएको बताए । उनले कांग्रेस नेतृत्वको सरकारले जनतामाझ प्रतिबद्धता गरेको नया संविधान मुलुकमा ल्याएको सुनाए ।
नया जारी भएको संविधानमा हिमाल, पहाड, तराई–मधेशका मधेसी, जनजाति, दलित, आदिवासी, थारु, मुस्लिम, पिछडिएका वर्गहरुको अधिकार सुनिश्चित गरिएको छ । नया संविधान जारी भएसंगै मुलुकमा विकाससिल तर्फका कामहरु नेपाली कांग्रेसले पहिला देखि गर्दै आएको र पहिलाको भन्दा अहिले द्रुत गतीमा विकास गर्न चाहेको छ । मुलुकलाई विकाससिल राष्ट्रको रुपमा निमार्ण गर्दै आर्थिक उन्नती, स्मृद्धिको दिशामा लैजाननको लागि वाम गठबन्धनलाई चिर्दै नेपाली कांग्रेसको उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुलाई मत दिन आग्रह गरे।
नेपाली कांग्रेसको पक्षमा जनलहर आईसकेकोले अत्याधिक बहुमत सहित नेपाली कांग्रेसका उम्मेदवारहरुलाई नेपाली जनताहरुले विजयी गराउने मन्त्री मंसुरले विश्वास व्यक्त गरे। क्षेत्र नं. ३ को १ का प्रदेश सभाका उम्मेदवार रामानन्द यादवले देशको भलोको लागि नेपाली कांग्रेसले मात्र चाहेको बताए ।
उनले मुलुकमा नेपाली कांग्रेसले नया संविधान ल्याई सबै जात–जातीको अधिकारलाई सुनिश्चित गर्दै मुलुकलाई स्मृद्धि बनाउन खोजेको छ, त्यसको लागि कांग्रेसलाई मत दिन आग्रह गरे। घरदैलो कार्यक्रममा पुर्व सांसद मधुशाही ठकुरीले लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान अत्याधिक मतले विजयी बनाउन आग्रह गरिन ।