बिभिन्न पार्टी परित्याग गरि सय भन्दा वढी कार्यकर्ता काँग्रेसमा प्रवेश
लोकतान्त्रिकको बकैया र शिखरपुरमा चुनावी कार्यक्रम
प्रकाशित २०७४ मंसिर ११ सोमबार
331
Shares
हेटौँडा । लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार कार्यक्रम अन्तर्गत प्रतिनिधि सभा क्षेत्र नम्बर १ को बकैया गाउँपालिका ८ शिखरपुरमा चुनावी भेलाको आयोजना गरिएको छ । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष गणेश थापाले लोकतान्त्रिक गठबन्धनबाट मात्रै मकवानपुरको पुर्वि क्षेत्रको विकास सम्भव भएको बताउँदै मतदान गर्न आग्रह गरे।
थापाले मकवापुरको विकास सम्बृद्धिको लागी लोकतान्त्रिक गठबन्धनको जितको विकल्प नभएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका अर्जुन खडका, राप्रपाका राजाराम अर्याल, लगाएतले मन्तव्य राखेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि करिब एक सय जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका भुमिनन्द गौतमले जानकारी दिए ।
यसैविच लोकतान्त्रिक गठबन्धनले निर्वाच प्रचार प्रसार कार्यक्रम अन्तर्गत बकैया गाउँपालिकाको १ रजुवामा घरदैलो कार्यक्रमा गरिएको छ । घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका भुमिनन्द गौतम, राप्रपा समानुपातिक उम्मेदवार लक्ष्मि जिम्बा लागएतको सहभागिता रहेको थियो । यस्तै लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा क का उम्मेदवार धर्म लामिछानेको नेतृत्वमा हेटौँडा उपमहानगरपालिका १७ हटियामा घरदैलो एवम चुनावी सभाको आयोजा भएको छ ।
कार्यक्रममा उम्मेदवार लामिछाने, नेपाली कांग्रेसका दामोदर सुवेदी,उद्धव सत्याल, राप्रपाका नवराज विष्ट लागएतको उपस्थिति रहेको थियो । यसैगरी आइतबारनै लोकतान्त्रिक गठबन्धन निकट युवाहरुको संयुक्त भेलाले गढी गाउँपलिका ३ मा दामोदर दहालको संयोजकत्वमा १ सय एक सदस्यीय बुथ संरक्षण समिति निर्माण गरको छ ।