arrow

यस्तो छ पूर्णबहादुर खड्काको योजना    

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
14.jpg

सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र  नं १ का उम्मेदवार पूर्णबहादुर खड्काले नेपाली कांग्रेस सबै जनतालाई सुखी र सम्पन्न बनाउनका लागि कार्यरत रहेकोले आगामी निर्वाचनमा कांग्रेसका उम्मेद्वारहरुलाई अत्यधिक मतले विजयी बनाउन आग्रह गरेका छन् । 
 
आइतबार सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नं १ र २ कोमाझ केन्द्र कालपानीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै खड्काले जनतालाई सुखी र सम्पन्न बनाउन आफू नेपाली कांग्रेसको निष्ठाको राजनीतिमा सक्रिय रहेको बताए ।
 
नेपाली काँगे्र केन्द्रीय सदस्य खड्काले दोस्रो संविधानसभा मार्फत नेपाली काँगेसले जनतालाई संविधान दिइसकेको र अब त्यहि संविधानमा टेकेर लोकतन्त्रको संस्थागत विकास गर्दै जनतालाई गास,बास,कपास,स्वास्थ,शिक्षा र रोजगारीको ग्यारेण्टी  गर्न देशमा काँग्रेसको सरकार अपरिहार्य रहेको उल्लेख गरे ।
 
यो क्षेत्रमा भईरहेका  भौतिक, आर्थिक, शैक्षिक तथा सामाजिक विकासलाई निरन्तरता दिन पनि  नेपाली काँगे्रसलाई जिताउनु पर्ने उनले बताए ।
 
विकासको पूर्वाधार सडक नै भएकोले सडक सञ्जालको विकास गर्न प्रत्येक गाउँबाट सहायक मार्ग निर्माण गरि मूख्य सडकमा जोडेर यातायातको सुविधायुक्त क्षेत्र बनाउने योजना आफूले बनाएको उनले सुनाए ।
       
त्यसैगरि कालपानीमा भएको कार्यक्रममा बोल्दै सुर्खेत क्षेत्र नं १ (ख)का प्रदेससभा उमेदवार झकबहादुर डाङ्गीले लोकतन्त्रमा सबैको उन्नति र प्रगति हुने भएकाले लोकतन्त्रको पहरेदार नेपाली काँगे्रसलाई जिताउन जनतासमक्ष अनुरोध गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ