arrow

काँग्रेस उम्मेदवार सम्बाहाम्फेको उद्घोष –‘सबै सेवा सुविधा विकासमा खर्च गर्छु’

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
Bijaya_Sambahamfe.jpg

तेह्रथुम । नेपाली कांग्रेसको तेह्रथुम प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फेले आफुलाई विजयी गराए आफुले राज्यको तर्फबाट प्राप्त गर्ने कुनैपनि सेवा सुविधा व्यक्तिगत प्रयोजनका लागि नलिने घोषणा गरेका छन् । 

उनले आफुलाई राज्यले दिने सेवा सुविधावापतको रकम समेत आफ्नो निर्वाचन क्षेत्रको विकासमै खर्च गर्ने प्रतिवद्धता जनाए ।  

चुनाव प्रचार प्रसारका क्रममा आइतबार आठराई गाउँपालिकाको छातेढुंगामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार सम्बाहाम्फेले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । 
सम्बाहाम्फे निजी तथा व्यवसायिक विद्यालयहरुको छाता संगठन प्याब्सनको केन्द्रीय अध्यक्ष समेत हुन् ।  

झण्डै अढाई दशकसम्म प्याब्सनको विभिन्न अहोदामा रहेर शैक्षिक क्षेत्रको उन्नयनमा योगदान गरेका नेता सम्बाहाम्फेले जिल्लाका राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थ मात्रै हेरेकाले विकास नभएको तर्क राख्दै आएका छन् । 

०४६ सालपछि निर्वाचित धेरै नेताहरु आश गरेको, तर कसैले पनि भरपर्दो काम गर्न नसकेकाले अब आफ्नो क्षेत्रको विकासका लागि आफु स्वयम् अघि बढेको सम्बाहाम्फेको भनाई छ । 
उम्मेदवार सम्बाहाम्फेले आफुले चुनाव लडिरहेको क्षेत्रको पुरानो शैक्षिक विरासतलाई फर्काउन व्यक्तिगत पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । 

‘यहाँको विकासका लागि सरकारमा पहल गर्ने त छँदैछ, मैले आफ्नो व्यक्तिगत लगानीसमेत यही क्षेत्रमा गर्छु,’ उम्मेदवार सम्बाहाम्फेले भने । 

सम्बाहाम्फे जिल्लाको मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका मिलेर बनाइएको (ख) निर्वाचन क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा छन् । 

नेता सम्बाहाम्फेले गाउँमै व्यवसायिक प्राविधिक शिक्षा, व्यवसाकिय कृषिका लागि सम्भावनाको खोजी गरी आधुनिक कृषि व्यवसायीकरण, सडक, खानेपानी, सिंचाई, पर्यटन विकास लगायत गरी यस क्षेत्रलाई आर्थिक समृद्धिको बाटोमा डोहोर्याउने बताएका छन् । 

यो क्षेत्रबाट बाम–गठबन्धनले एमाले पुर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ । 

यो क्षेत्रमा ८ जनाको उम्मेदवारी रहेको छ । यो निर्वाचन क्षेत्रमा ३० मतदान स्थलबाट ३० हजार ५ सय ८८ जना मतदाताले मतदान गर्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ