arrow

इटहरीमा हेमकर्णसँग किन आत्तियो कम्युनिष्ट गठबन्धन ?

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
hemkarna_paudel.jpg

इटहरी ।  प्रदेश नम्वर एकका चर्चामा रहेका युवा नेताहरु मध्ये लोकप्रिय नेता हेमकर्ण पौडेल सुनसरी क्षेत्र नम्वर २ को क बाट प्रदेशसभामा अत्याधिक मतले जित्ने आँकलन हुन थालेपछि इटहरीमा कम्युनिष्ट गठबन्धन अत्तालिएको छ । 

इटहरीका अधिकांस वडामा काँग्रेसमा प्रवेश गर्नेहरुको जनलहर बढे सँगै हेमकर्णको जित पक्का भएसँगै कम्युनिष्ट गठबन्धन अत्तालिएको हो । 

यस क्षेत्रका चर्चित र प्रभावशाली युवा नेता पौडेलले इटहरीका १ देखि ५ र १६ देखि २० नम्वर बडामा मात्र काँग्रेसमा प्रवेश गर्ने नेताहरुको जनलहर बढदै गएको छ ।

त्यो वाहेकका साविक झुम्का गाविसका २ वडामा काग्रेसको प्रभाव वढेको कारण हेमकर्णको जित पक्का भएको नेपाली काँग्रेस इटहरीका कार्यवाहक सभापति शिव दाहालले वताए । 

उनले भने हेमकर्ण इटहरीका सबैभन्दा प्रभावशाली उम्मेदवार भएको कारण जित पक्का भयो । 

पछिल्लो समयमा हेमकर्ण पक्षमा जनलहर देखिए पछि पुराना कुरालाई सामाजिक सञ्जालमा वदनाम गराउँने नियतसम्म गरिएको भन्दै दाहालले स्वस्च्छ राजनितिमा आउन कम्युनिष्ट गठबन्धनलाई आग्रह समेत गरेका छन । 

इटहरी १७ मा आईतवार मात्र करीव १ सय भन्दा बढि कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन । हेमकर्णको जनलहर देखेर एमाले तथा वामगठबन्धनको उम्मेदवार अत्तालिएका छन ।

पढ्न नपाएका बालबालिकादेखि उपचार नपाएका बिरामीसम्म सहयोगी हात बढाउँदै आएका पौडेलले आफु चुनावी मैदानमा आएको भन्दै चुनाव जित्ने पक्का भएको दावी गरे । 

उनले इटहरीको विकास गर्ने आफु प्रतिबद्धताका साथ लागी परेको भन्दै पार्टी भन्दा माथी उठेर विकास निमार्णमा लाग्ने वताए । उनले भने म इटहरीको विकासका लागी निर्वाचन लडेको हुँ र म आश्वसन देखाउने मात्र नेता हैन । 

पौडेल २०५५ सालमा जनता बहुमुखी क्याम्पस इटहरीको स्वबियु सभापति,तरुण दल सुनसरीको सचिब,नेपाल बिद्यार्थी संघ सुनसरीको सचिब,पार्टीको क्षेत्रीय सदस्य हुँदै २ कार्यकाल इटहरीको नगर सभापति भईसकेका हेमकर्ण  राजनीतिक संयन्त्र इटहरीका प्रभावशाली सदस्य, विपद् व्यवस्थापन समिति इटहरीको संयोजक समेत हुन । 

इटहरीलाई महानगर र प्रदेशिक राजधानी, एक घर एक रोजगार, सेरा खोलाको बाढीको स्थायी नियन्त्रण, तालतलैयामा राष्ट्रियस्तरको चिडियाखाना निमार्ण गर्ने लक्ष्य लिएका पौडेलको जनलहर बढ्दो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ