arrow

रामचन्द्र पौडेलको निष्कर्ष – एमालेले जनतालाई खुल्ला कैदी बनायो

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
ramchandra-daju-news-aa.jpeg

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविक तनहुँको क्षेत्र नं ३ का जनतालाई एमालेले खुल्ला कैदी बनाएको आरोप लगाएका छन् । 

तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ को मर्कोटको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो आरोप लगाएका हुन् । 

सो क्षेत्रमा एमालेले विकास निर्माणका कामसमेत हुन नदिएको पौडेलले बताए । एमालेले त्यस क्षेत्रका बासिन्दालाई अभिव्यक्ति स्वतन्त्रता हुनबाट समेत वञ्चित गराई लोकतन्त्रवादीसँग आफ्ना कुराहरु भन्न नदिने गरेको पौडेलले बताए । 

त्यस क्षेत्रमा काँग्रेसको जनलहर आएको भन्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका नेता पौडेलले लोकतान्त्रिक गठबन्धनले अत्यधिक मतले चुनाव जित्ने दाबी गरे । 

क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर भण्डारीले यस क्षेत्रको मोटरबाटो र सिँचाइको पूर्वाधार विकास गर्न नेपाली काँग्रेसले अगुवाइ गर्ने बताए । 

त्यसका लागि निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ