arrow

मुगुमा मतपेटिका बोकेका सुरक्षाकर्मीमाथि आक्रमण, जवाफमा १७ राउण्ड हवाइ फायर

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
mugu-soru.png

मुगु । मुगुको सोरु गाउँपालिका भैनामा स्थानीयले हुलदंगा गरेर सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।

मतदान केन्द्र आ–आफै विवाद गरिरहेका बेला प्रहरीले छुट्याउन खोज्दा प्रहरीमाथि नै आक्रमण गरेको मुगुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भीमकिरण बोगटीले हाम्राकुरालाई बताए ।

उनका अनुसार मनदान केन्द्रमा विवाद गरिरहेका उनीहरुलाई हटाउन खोज्दा उल्टै प्रहरीलाई ढुंगा प्रहार गरे । उनले भने, ‘ढुंगाप्रहारले तीन प्रहरी घाइते भएका छन् । एक जनाको टाउकोमा गहिरो चोट लागेको छ ।’

प्रहरीलाई आक्रमण गरेपछि मतपेटिकातर्फ अगाडि बढेका उनीहरुलाई रोक्न प्रहरीले १७ राउण्ड हवाई फायर गर्नु परेको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिए । मतपेटिका सुरक्षित रहेको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ