कपिलवस्तु ।नेपाली कांग्रेस कपिलवस्तुका पार्टि सभापति एवं क्षेत्र नं २ का उम्मेदवार सुरेन्द्रराज आर्चायले लोकतन्त्रको रँक्षाको लागी काग्रंसमा मतदान गर्नु पर्ने बताए । यशोधरा गाउंपालिकाको मर्यादपुरमा आयोजित चुनावी सभालाई सम्वोद्न गर्दै आर्चायले यस्तो बताएका हुन् ।
वर्तमान निर्वाचन निर्वाचन मात्र नभएर जनतमत संग्रह समेत भएको हुदां लोकतान्त्रि शक्तिको जित भएका मात्र देशको रक्षा हुने वताए । बाम एकताको नाममा जनतालाई भ्रमाउन खोजीएको हुंदा जनता संजक भई लोकतान्त्रिक पक्षधर शक्तिमा मतदान गर्न समेत आर्चायले बताए ।
त्यस्तै प्रदेश सभा सदस्य उम्मेदवार सुधाकर पाण्डेयले लोकतन्त्रको जग कांग्रेरसले बसालेको हुंदा त्सयको दिगो विकास र निरन्तरताको लागी काग्रंसमा मतदान गर्नुपर्ने बताए । सो अवसरमा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, यशोधरा गाउं पालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेय, तौलिहवा उद्योग वाणिज्य संघका अभ्यक्ष गयादिन कुर्मी, पुर्व अध्यक्ष अनिल कुमार कशौधन, काग्र्रेंस नेता मेल्वी हारुन, वलराम तिवारी, लोकनाथ पाठक, दिलिप चौधरी लगायते लोकतन्त्रको बारेमा वोलेका थिए । इकाई सभापति शरिशचन्द्र पाठकको अध्यक्षता र क्षेत्रिय सचिव देवेन्द्र कुमार पाण्डेयको संचालनमा सभा सम्पन्न भएको थियो ।