arrow

गिरिजा बाबुको सपना पुरा गर्ने भन्दै मिनेन्द्रलाई भोट माग्दै सुजाता

logo
किरण न्यौपाने,
प्रकाशित २०७४ मंसिर १० आइतबार
minendra.JPG

रंगेली । डेढ साता अधि नेपाली काग्रेसकी नेतृ एव पुर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले आफनो बाबु गिरिजा प्रसाद कोइरालाको सपना साकार गर्न भएपनी मोरङ्ग क्षेत्र नं.२ को जित हासील गर्न आवश्यक रहेको बताउदै डा. मिनेन्द्र रिजाललाई जिताउन सबै कार्यकर्ताहरुलाई आव्हान गरिन् ।
 
नेतृ कोइरालाले डा.रिजाललाई जिताउन मात्र आग्रह गरिन्न बाबुको उत्तराधिकारी नै डा.रिजाल भएको उद्घोष समेत गरिन् । उनले सो क्षेत्रको उन्नती भएमात्र बाबुको आत्माले शान्ती पाउने भन्दै आफनो एउटै लक्ष्य यस क्षेत्रको विकास रहेको बताइन् ।

 नेपाली राजनितीका शिखर पुरुषको रुपमा राज्यबाट सम्मानीत स्व.गिरिजा प्रसाद कोइरालाको क्षेत्रबाट प्रतिनिधी सभाका सदस्यको रुपमा उभिएका डा.रिजालले सार्वजनिक सभामै आफु सुजाता जी र आमोद दाईको आर्शिवाद लिएर चुनाव लढ्न आएको बताउदै पुनः यस क्षेत्रको एतिहासीक गरिमा र महत्वलाई उजागर गर्दै मोरङ्ग क्षेत्र नं.२ लाई राष्ट्रीय पहिचानको क्षेत्रको रुपमा  विकास गर्ने प्रतिवद्धता जनाउदै आएका छन् ।
 
डा.रिजालले भने 'गिरीजा प्रसाद कोइरालाले थाल्नु भएको  विकास निर्माणका कार्यलाई आमोद दाईले निरन्तरता दिनुभयो माओवादी द्धन्दकालसंगै राजनैतिक अस्थीरताले गर्दा रोकीयो विकास निमार्णका कार्य पछिल्लो चुनावमा नेपाली काग्रेस व्यहोर्नु परेको हारले यस क्षेत्रका मानिस विकास निमार्णको अध्यारोमा बस्नु पर्‍र्यो, अब म आएको छु । '

 डा रिजालले कुराकानी गर्दे भने 'गिरिजा बाबुसंग नजिक भएर काम गरेको मेरो अनुभव छ, मलाई कोइराला परिवारले पत्याएको छ त्यसैले त्यो विश्वासले यस क्षेत्रको विकासको जिम्मा लिदै आज चुनावी मैदानमा उत्रिन आएको हुँ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ