arrow

विकासका लागि कांग्रेस

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ मंसिर १० आइतबार
nk10.jpg

पाल्पा । मंसिर २१ म हुन गइरहेको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनको लागि नेपाली कांग्रेसले चुनावी अभियानलाई व्यापक रुपमा अगाडी बढाएको छ । नेपाली कांग्रेस क्षेत्र न. २ ले रैनादेवी गाउँपालिकाको जुठापौवा र सत्यवतीमा आइतबार चुनावी सभा सम्पन्न गरेको छ ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति तथा समानुपातिकको उम्मेदवार विर बहादुर रानाले पार्टीको चुनावी मुल एजेण्डा विकास भएको बताएका छन् । प्रमुख अतिथी समेत रहेका रानाले विकास र समृद्धिको स्पष्ट भिजन सहित अगाडी बढेको नेपाली कांग्रेसले मात्र समाज र देश बदल्न सक्ने भन्दै आम जनताको आर्थिक अवस्था फेर्ने अभियानमा साथ दिन आम मतदातालाई आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्र न. २ का प्रतिनिधी सभाका उम्मेदवार हरि प्रसाद नेपालले २०५१ साल देखि ०६४ साल सम्म एमालेले एक छत्र रुपमा यस क्षेत्रमा विजयी हासिल गर्दै आए पनि विकास निर्माणका काम गर्न नसकेको भन्दै नेता  नेपालले २०७० सालमा नेपाली कांग्रेसले विजयी हासिल गरेसंगै विकास निर्माणका कार्यहरु अगाडी बढेको बताए ।

सो क्षेत्रमा एमालेले २० बर्षमा गर्न नसकेका विकास निर्माणका काम नेपाली कांग्रेसले ६ बर्षमा गरेको बताउदै आफु २०७० मा निर्वाचन भएसंगै यस क्षेत्रमा अध्यारोमा बस्न बाध्य भएका जनताहरुलाई विद्युत पुर्‍याउने देखि शिक्षा , स्वास्थ्य लगायतका क्षेत्रमा  ठूलो योगदान पुर्‍याएको बताए । नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्तले नेपाली कांग्रेस विकास प्रेमी पार्टी भएको बताए । पन्तले पार्टीले घोषणा पत्र बाट नभई जनताको मन जितेर अगाडी बढिरहेकाले नेपाली कांग्रेसका सम्पूर्ण उम्मेदवारहरुले विजय हासिल गर्नेमा आफु विश्वस्त रहेको बताए ।

नेपाली कांग्रेस क्षेत्र न. २ ख का प्रदेश सभाका उम्मेदवार राम कार्कीले लोकतान्त्रिक पार्टीको जितले नै मुलुकलाई राजनितीक अस्थिरताबाट जोगाउने र स्थायी सरकार निर्माण संगै विकास निर्माणका कार्यमा तिव्र विकास हुने बताए । नेपाली कांग्रेस क्षेत्र न. ३ का क्षेत्रिय सभापति राम बहादुर कार्कीले समग्र मुलुकमा लोकतन्त्र , संविधानको जर्गेना संगै विकासको समृद्धिका लागि कांग्रेस मात्र सक्षम भएको बताए । सभामा पार्टीका जिल्ला सदस्य धन बहादुर रायमाझी , जिल्ला दलित संघका सभापति लक्षण हिताङ्ग  , नेपाली कांग्रेस पाल्पा काठमाण्डौ सम्पर्क समाजका अध्यक्ष खिमानन्द बस्याल , उपाध्यक्ष पाण्डव पौडेल लगायतले बोल्दै विकासको समृद्धि , सामाजिक सुसंस्कारयूक्त राजनिती नेपाली कांग्रेसले गर्ने भएकोले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन आम मतदातालाई आग्रह गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ