arrow

पहिलो चरणको मतदान सकियो, मत कति खस्यो ?

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
matadan1.JPG

काठमाडौं । पहिलो चरणमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सकिएको छ । आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हिमाली र उच्च पहाडी ३२ जिल्लाका मतदाताले उत्साहपूर्व मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

५ बजेभित्र सम्बन्धित मतदान केन्द्रभित्र पुगेका मतदाताले ढिलोसम्म मतदान गर्ने व्यवस्था मिलाइएको थियो । मतदान सकिएका अधिकांश मतदान केन्द्रबाट मतपेटिका सील गरे सदरमुकाम पठाउने काम भइरहेको छ । हेलिकोप्टर प्रयोग गर्नुपर्ने उच्च हिमाली क्षेत्रका मतपेटिका सोमबारमात्रै सदरमुकाम ल्याइने

निर्वाचन अधिकारीहरुले जनाएका छन् । आयोगले दिएको प्रारम्भिक जानकारी अनुसार ६५ प्रतिशत बढी मत खसेको छ ।  स्थानीय तह निर्वाचनमा समग्रमा ७३ प्रतिशत मत खसेको थियो । यद्यपि, अहिले त्यो भन्दा केही कम मत खसेको आँकलन गरिएको छ ।

पहिलो चरणमा भएको निर्वाचनमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रहेको आयोगको भनाई छ । तर, स्थानीय तहको चुनावमा जस्तो यो चुनावमा मतदाताको उत्साह केही घटेको देखिएको छ ।

स्थानीय तह निर्धारणलाई लिएर असन्तुष्ट सोलुखुम्बु तिङलाका मतदाताले मतदान बहिस्कार गरेका छन् । २५ सय ७५ मतदाता रहेको तिङ्लाले स्थानीय तहको चुनाव समेत बहिस्कार गरेको थियो ।

यता, पश्चिम रुकुमको बाफीकोटस्थित रत्न माध्यामिक विद्यालयको मतदान केन्द्रमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्याकर्ताले मतपेटिका नै जलाइएपछि प्रतिनिधिसभातर्फ मंसिर २१ गते पुनः मतदान हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ