जुम्लामा एमाले उम्मेदवारले ४ सय फर्जी मत खसालेपछि काँग्रेसले गर्यो बहिस्कार
प्रकाशित २०७४ मंसिर १० आइतबार
901
Shares
जुम्ला । जुम्लाको रोकायवाडा प्राथमिक विद्यालयको मतदान केन्द्रमा एमाले उम्मेदवारले ४ सय बढी फर्जी मत खसालेपछि काँग्रेसका प्रतिनिधि मतगणना स्थल छोडेर हिडेका छन् ।
एमालेका प्रदेशसभा उम्मेदवार पदम बहादुर रोकायले विदेशमा रहेकाहरु, वृद्ध तथा अन्य मतदान स्थलमा नभएका व्यक्तिको परिचयपत्रबाट मतदान गरेपछि काँग्रेसले बहिस्कार गरेका हुन् ।
फर्जी परिचय पत्रको प्रयोग गरेर मतदान भएको भन्दै मतदान अधिकृतलाई जानकारी गराएर परिचय पत्र जिम्मा लगाए पनि पुनः परिचय पत्र खोसेर मतदान गरेको काँग्रेसका तर्फबाट प्रतिनिधि बसेका महेन्द्र हमालले हाम्राकुरालाई जानकारी दिए ।
उनका अनुसार फर्जी परिचय पत्र देखारउँदै एमाले उम्मेदवार रोकायले ४०० बढी फर्जी परिचय पत्रबाट मतदान गरेको बताएका छन् ।
हमालका अनुसार काँग्रेस प्रतिनिधिले अधिकृतलाई साच्ची राखेर बहिस्कार गरेका छन् । महेन्द्र हमाल र मक्कर हमालले बहिस्कार गरे पनि मतदान जारी छ।