पाँचथर । १ सय मतदान स्थल र १ सय ६५ मतदान केन्द्र रहेको पाँचथरमा कुल १ लाख २५ हजार २ सय १९ मतदाता मध्ये अहिले सम्म ३० प्रतिशत मत झरेको जिल्ला निर्वाचन अधिकारी धु्रव कुमार राईले जानकारी दिए । जिल्लामा बिहान ७ बजेबाटै मतदान स्थलमा मतदाता पुगेर उत्साह पूर्वक मतदान गरेका छन् ।
बामगठवन्धनका प्रतिनिधी सभाका उम्मेद्धवार वशन्त कुमार नेम्बाङले फिदिम माविको क केन्द्र बाट बिहान ८ बजे मत हालेका थिए । यस्तै उनको प्रतिस्पर्धी लोकतान्त्रिक गठवन्धनका प्रतिनिधी सभाका उम्मेद्धवार भिष्मराज आङदेम्बेले बिहान ७.३० बजे फाल्गुनन्द गाउँपालिका वडा नम्बर १ स्थित शान्ति क्षेत्र आधारभूत विद्यालयमा मत खसालेका थिए ।
त्यसैगरी लोकतान्त्रिक गठवन्धनका पाँचथर १ नम्बर क्षेत्रका उम्मेद्धवा नरेन्द्र कुमार केरुङले अहिले दिउँसो १ बजे फालेलुङ १ स्थित सिदिन बाँस्बोटे केन्द्रबाट भोट हाल्दै छन् । यस्तै उनका प्रत्याशी बामगठवन्धनका पाँचथर १ नम्बर क्षेत्रका उम्मेद्धवार गणेश कुमार काम्बाङले याङवरक गाउँपालिका वडा नम्बर ६ स्थित नाँगी सरस्वती आधारभूत विद्यालय बाट बिहान ८ बजे मतदान गरेका थिए ।
त्यसैगरी लोकतान्त्रिक गठवन्धनका पाँचथर २ नम्बर क्षेत्रका उम्मेद्धवार सुरेन्द्र कुमार दाहालले तुम्बेवा गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालय बाट बिहान ७ बजेर ३९ मिनेट मत खसालेका थिए । यस्तै बामगठवन्धनका पाँचथर ख क्षेत्रका उम्मेद्धवार इन्द्र आङबो मौसमले अहिले दिउँसो फिदिम नगरपालिका वडा नम्बर ११ स्थित तृतिया आधारभूत विद्यालयबाट मतदान गर्देछन् । अहिलेसम्म जिल्लामा कुनै पनि अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईले जानकारी दिए । विहान मतदाताहरु नगण्य मात्रामा मात्रै भएपनि अहिले दिउँसो भने मतदान केन्द्रमा भिड लाग्न थालेको छ ।