काडमाडौं । निर्वाचन अनुगमनका लागि प्रमुख निर्वाचन आयुक्त डा.अयोधि प्रसाद यादव डोल्पा पुगेका छन् ।
पहिलो चरणमा भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन अनुगमन गर्न यादव डोल्पा पुगेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरण अन्तर्गत ३२ जिल्लामा प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचको लागि आइतबार मतदान भइ रहेको छ ।