arrow

दार्चुलामा पनि उत्साहजनक मतदान, ८४ वर्षेको पहिलो मतदान 

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
vote-election.jpg

दार्चुला । यहाँ पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शुरु भएको छ । 

जिल्लाका १२९ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाभरिमा दुई हजार ११५ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । 

विकसित घटनाक्रमलाई आधार मानेर सबै मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । 

जिल्लाभरिका ७८ हजार ५१३ मतदाताले यो निर्वाचनमा सहभागिता जनाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

महाकाली नगरपालिका–५ को अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको मतदान क केन्द्रमा ८४ वर्षीय दिलानन्द बडूले पहिलो मतदान गरेको मतदान अधिकृत डा अम्बिका पोख्रेलको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ