arrow

बाग्लुङको पैयुँथन्थापमा छानिछानी लुटियो मतदाता परिचयपत्र

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
matpatra.jpg

बागलुङ। जिल्लाको जैमिनी नगरपालिका—९ पैयुँथन्थापमा मतदाता परिचय पत्र लुटिएको छ । 

निर्वाचनका लागि खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण गर्दै गर्दा नचिनेका व्यक्ति आएर १५/२० परिचय पत्र लुटेर गएको र पछि जैमिनी—९ का वडाध्यक्ष भोगेन्द्र बहादुर थापा(विरेन्द्र) ले करिब २०० भन्दा बढी  मतदाता परिचयपत्र कब्जामा लिएर गएको मतदान अधिकृत जोबन काफ्लेले बताए । 

बढि मतपत्र लिएर गएका व्यक्तिहरुको खोजी भएको र परिचयपत्र फिर्ता गराउने प्रयास भैरहेको काफ्लेले बताएका छन् । 

मूख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले भने परिचयपत्र लुटिएको नभई कतिपय व्यक्तिहले बढि लगेको भन्ने जानकारी आएको बताए । 

उनले प्रहरी प्रशासनको सहयोगमा घटनालाई सामान्यीकरण गरेर आइतवार बिहान निर्धारित समयमा मतदान सुचारु गर्ने प्रयास भैरहेको जानकारी दिएका छन् । 

मतदाता परिचयपत्र बाहेक पनि नागिरकता मालपोतको कागज वा अरु कुनै फोटो सहितको सरकारी कागजपत्रका आधारमा मतदान गर्न पाईने भएकाले परिचयपत्रकै कारण मतदानमा समस्या नहुने पण्डितले बताए ।

चुनावलाई प्रभावित पार्न छानीछानी परिचय पत्र लगेको आशंकामा स्थानिय तहमा चर्चा भएको हो। यसको बारेमा निर्वाचन कार्यालय सजग रहेको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ