काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको धापाखेलस्थित घरमा प्रेसरकुकर बम भेटिएको छ । गेट नजिकै राखिएको बमलाई नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ ।
यस्तै, जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभाका लागि उम्मेदवार राजेन्द्र महतोको घर नजिकै शनिबार राति बम विस्फोट भएको छ।
उता, जनकपुरको बाह्रबिघास्थित महतोको घर नजिकै विस्फोट भए पनि क्षति भने नभएको बताइएको छ ।
जनकपुरधाममा बम विष्फोट भएको जानकारी प्राप्त भएको र प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए। धनुषामा दोस्रो चरणमा मंसिर २१ गते मतदान हुँदैछ।