arrow

पुरै गाउँ चुनाव बहिस्कारमा, मतदाता परिचयपत्रै बुझेनन्

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
matadata.jpg

सोलुखुम्बु । आइतबार चुनाव हुने सोलुखुम्बुको तिङ्लाका कुनैपनि नागरिकले मतदाता परिचयपत्र नलिएको बताइएको छ ।

तिङ्लामा २५ सय ७५ मतदाता छन् । उनीहरु कसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता परिचय पत्र लिन नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्धारणका क्रममा तिङ्लालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङ्लाबासीले ‘नो भोट, नो क्यान्डिेट’ अभियान चलाएका हुन् । उनीहरुले स्थानीय तहको निर्वाचन पनि बहिस्कार गरेका थिए ।

बालानन्द पौडेल आयोगलाई उनीहरुले तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने माग राखेका थिए भने, मन्त्रालय समेत धाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ