कञ्चनपुर। कञ्चनपुरमा माला र टीका लगाउने क्रम जारी रहेको छ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री र कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकले आफ्नो निर्वाचन क्षेत्रमा हरेक दिन एमाले, एमाओवादी लगायतका पार्टीका सयैं नेता तथा कार्यकर्ता प्रवेश गराइरहेका छन्।
पार्टी प्रवेशसँगै माला र टीका लगाउने क्रम पनि जारी छ।
उम्मेदवार मनोनयन दर्ता गरेपछि मात्र लेखकले क्षेत्र नम्बर ३ मा करिव ४ हजार नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गराइसकेका छन् ।
गृह जिल्लामा नेता लेखकको क्रेज दिन प्रतिदिन बढी रहेको छ । लेखकको चुनावी कार्यक्रम भएको क्षेत्रमा कांग्रेस प्रवेश गर्नेको लर्को नै लाग्ने गरेको स्थानिय काँग्रेस नेताहरु बताउँछन् ।
कम्युनिष्ट गठबन्धनको शुक्रबार महेन्द्रनगरको खुल्ला मञ्चमा भएको आमसभाको दिन समेत नेता लेखकले एमाले र एमाओवादीका नेता तथा कार्यकर्ता गरि एकसय ६० जना कांग्रसमा प्रवेश गराएका थिए ।
त्यसैगरि शनिबार भिमदत्त नगरपालिका १९ को तल्लो बागफाटा टोलमा आयोजित चुनावी सभामा नेकपा एमाले र एनेकपा माओबादी केन्द्र परित्याग गरि ३५ जना सक्रिय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी परित्याग गर्नेमा नेकपा एमालेका मदनलाल चौधरी, माओबादीका सन्तोष चौधरी लगायत ३५ जना स्थानीय नेता तथा कार्यकर्ता छन ।
पार्टी परित्याग गर्ने मदनलाल चौधरी २०४६ सालदेखी नेकपा एमालेमा रही विभिन्न जिम्मेवारी पूरा गरिसकेका नेता हुन भने सन्तोष चौधरी २०५२ सालदेखी भुमिगत कालमा नै माओबादीका सक्रिय कार्यकर्ता हुन ।
पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गर्ने नव प्रबेशीहरुलाई कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकले सदस्यता प्रदान गरेका छन ।
पार्टी प्रबेश कार्यक्रममा बोल्दै एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका मदनलाल चौधरीले बामपंथीहरुले सधै झुठो आश्वासन मात्र दिने र बिकासको कुनै एजेन्डा नभएकाले नेपाली कांग्रेस प्रवेश गरेको बताए ।
नेपाली कांग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेले नेपाली कांग्रेस प्रति आम जनताको आस्था र विश्वास भएकाले पार्टी प्रवेश गर्नेको संख्या बढीरहेको बताए ।