झापा ४ मा एमाले माओवादी छाडेर ५०० भन्दा बढी काङ्ग्रेसमा
प्रकाशित २०७४ मंसिर ९ शनिबार
911
Shares
झापा । झापा क्षेत्र नम्बर ४ मा कम्युनिष्ट गठबन्धन अप्ठेरोमा परेको छ । धमाधम गठबन्धन घटक माओवादी केन्द्र र नेकपा एमाले छाडेर अगुवा कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गर्न थालेपछि गठबन्धन अप्ठेरोमा परेको हो ।
शिव सताक्षी वडा नम्बर ६ मा आयोजित कोण सभा तथा पार्टी प्रवेश कार्यक्रममा महाभारा, कोरोबारी, सिबसताक्षीका मावोबादी– एमालेका आगुवा ५०० भन्दा बढी कार्यकर्ता काङ्ग्रेसमा प्रबेश गरेका हुन् ।
एमाले मावोबादी छाडेर काङ्ग्रेस प्रबेश गर्नेमा नेकपा एमालेबाट महाभारा गाउँकमिटी उपाध्यक्ष श्रवणकुमार गोप, एमालेका प्रकाश मैनाली, भुवन बास्तोला, दीपक अधिकारी, नवीन बनिया, होम दङ्गाल ,तुलसी दुलाल, पुष्प आधिकारी सुबलाल राजबंशी, किाराम श्रेष्ठ, पूर्णबहादुर
लिम्बू लगायत छन् ।
त्यसैगरी मावोबादी केन्द्रबाट राज्यसमिती सदस्य तथा वाइसीएल गौरिगन्ज इन्चार्ज भिम सुब्बा ,गाउँ कमिटी सदस्यहरु बिस्णु राजबन्सी पन्चम राजबन्सी, ख्याम राजबन्सी जीवन राजबन्सी रहेका छन् ।
त्यसैगरी फोरम लोकतान्त्रिकका जिल्ला सदस्य कृस्ण प्रसाद महतो, महाभारा फोरमका गाउँ समिती अध्यक्ष टीका नारायण राजबन्शी लगायत ५०० बढी कार्यकर्ता काङ्ग्रेस मा प्रबेस गरेका हुन् ।
नबप्रबेसीलार्इ काङ्ग्रेसका तर्फबाट झापा ४ का प्रतिनिधि सभा सदस्य उमेदवार देउमान थेबे , प्रदेस सभाका उमेद्वार किरण भट्टराईले टीका माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
सो कार्यक्रममा सम्बोदन गर्दै देउमान थेबेले आफ्नो एतिहासिक नाम मेटेर गठबन्धन भोइसकेको र झुटको खेती पर्दाफास भएकाले काङ्ग्रेसमा प्रवेशको लहर चलेको बताए ।
उनले काङ्ग्रेसको जितलाई कसैले छेक्न नसक्ने हिजो लोकतान्त्रिक भनेर जनता ढाट्नेहरुबाट साम्यबाद आदिनायक्वादको गन्ध आइरहेको र यसलाई जरुरी रहेको बताए ।