arrow

१२ गते प्रधानमन्त्री देउवा कपिलवस्तु आउने, कांग्रेसको विशाल आमसभा

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
deuba-ganeshmanko-batoma.jpeg

कपिलवस्तु । प्रधानमन्त्री एवं नेपालली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा यही मसिंर १२ गते कपिलवस्तुको सदरमुकाम तौलिहवा आउने भएका छन् । नेपाली कांग्रेस कपिलवस्तुले राखेको विशाल आमसभालाई सम्वोधन गर्नको लागी प्रधानमन्त्री तौलिहवा आउने नेपाली कांग्रेसका निर्वाचन परिचालन केन्द्रिय सदस्य एवं कपिलवस्तु संयोजक अतहर कमालले जानकारी दिएका छन् ।

 सभापती देउवा सहित १ दर्जन केन्द्रिय नेताहरुले वर्तमान अवस्थाको विश्लेषण तथा नेपाली कांग्रेसको निति तथा चुनावी घोषणा पत्रको बारेमा सम्वोधन गर्ने समेत कमालले जानकारी दिए । सभा १द्द गते दिउसो सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म मा वि मा हुने छ ।

विशाल आम सभाको तयारीको लागी नेपाली काग्रेंस कपिलवस्तुले विभिन्न उप समिति निर्माण गरी तयारी सुरुवात गरिसेको समेत जानकारी दिएको छ । रवि बहादुर काफ्लेको संयोजकत्वमा प्रचार प्रसार उप समिति, राजेश ज्ञवालीको संयोजकत्वमा यातायात व्यवस्थापन उप समिति, अनिल कुमार कशौधनको संयोजकत्वमा मंच व्यवस्थापन उप समिति, शक्ति सिहं ठकुरीको संयोजकत्वमा स्वंम सेवक परिचालक समिति, लक्ष्मी गुत्ताको संयोजकत्वमा स्वागत सस्कार उप समिति , मनबहाल वरईको संयोजकत्वमा फुलमाला खादा व्यवसथपन उप समिति गठन गरिएको छ ।

 सो अवसरमा जिल्लाका विभिन्न स्थानवाट १० हजार बढि कार्यकर्ता सभामा सहभागि गराउने संयोजक अतहर कमालले जानकारी दिएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ