क्षेत्रीय सुरक्षा समितिले बाजुराको निर्वाचन सुरक्षाबारे लियो जानकारी
रमित बि.क.,
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
298
Shares
बाजुरा । क्षेत्रीय सुरक्षा समिति सुदुरपश्चिमको टोलीले बाजुरा जिल्लाको निर्वाचन सुरक्षा बारे जानकारी लिएको छ । बिहिबार जिल्लाका बिभिन्न मतदान केन्द्रको अवस्थाका बारेमा बुझ्ने टोली बाजुरा आएको थियो ।
जिल्लाका सामान्य,संवेदनसिल,अतिसंवेदनसिल मतदान केन्द्रको बारेमा टोलीले बुझेको प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले बताएका छन् । टोलीमा क्षेत्रीय सुरक्षा समितिका निमित्त पृतनापति झक्कर कडायत,निमित्त क्षेत्रीय प्रशासक शंकर बिष्ट,शसस्त्र प्रहरी डिआईजी खड्क राई,अनुसन्धान क्षेत्रीय निर्देशक ओम जोशी लगायतले अनुगमन गरेका थिए ।
बाजुरामा ७० वटा मतदान केन्द्रमा सुरक्षाको अवस्थाका बारेमा हेलिकप्टर मार्फत उक्त टोलीले जानकारी लिएको छ । ७० वटा मतदान केन्द्र मध्ये ३३ मतदान केन्द्र जिल्लामा अति संवेदनसिल रहेका छन् । टोलि बिहिबारै दिपायल प्रस्थान गरेको छ ।