arrow

निर्धक्क भएर मतदान गर्न प्रहरीको अनुरोध

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
nepal-police.jpeg

फिदिम । आसन्न १० गतेको निर्वाचन सुरक्षालाई कडाइ गरिएको भन्दै प्रत्येक मतदातालाई निर्धक्क भएर मतदान गर्न पाँचथर जिल्ला प्रहरीले आह्वान गरेको छ । 

जनताले सुरक्षाको प्रत्याभूति पाउने गरी सुरक्षाको व्यवस्था गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक वामदेव गौतमले भने “प्रत्येक मतदान केन्द्रमा केन्द्रीय सुरक्षा योजनाअनुसार सुरक्षा टोली खटाइएको छ ।” 

कर्मचारी, मतपत्र, मतपेटिका सुरक्षा टोली सम्बन्धित पठाइएको बताउँदै उनले अहिलेसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिए पनि हुन सक्ने खतरालाई त्यसको समाधान गर्न सुरक्षा संयन्त्र तयार रहेको बताए । 

हालसम्म पाँचथर प्रहरीले नियमित गतिविधिमा अवरोध गर्नेलाई नियन्त्रणमा लिएको नायब उपरीक्षक गौतमले अहिलेसम्म १४ जनालाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाइएको जानकारी दिए । 

प्रत्येक गाउँमा सुरक्षा टोली पुगेको भन्दै उनले निर्वाचनका लागि ७१९ नेपाल प्रहरी, ४१९ सशस्त्र प्रहरी र ८६२ म्यादी प्रहरी खटाइएको जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ