११० युवा काँग्रेसमा, कम्युनिष्ट नेताको घरमा खानेपानी पुर्याउने शंकर भण्डारीको संकल्प
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
175
Shares
तनहुँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर भण्डारीले कम्युनिष्ट गठबन्धनका प्रदेश सभा (ख) का उम्मेदवार तथा पूर्व मन्त्री किरण गुरुङ्गको गाउँमा देखिएको खानेपानी समस्या समाधान आफुले गर्ने बताएका छन् ।
भिमाद नगरपालिका वडा नं ८ बाह्रबिसेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेता भण्डारीसमक्ष भिमाद ९ का स्थानियले खानेपानीको माग राखेपछि उनले सो कुरा बताएका हुन् ।
“पूर्वमन्त्री किरण गुरुङ्गको गाउँको हातल त यस्तो छ समग्र साविक ३ नम्बरको अवस्था कस्तो होला ?” अचम्म मान्दै नेता भण्डारी भने, “म किरण गुरुङ्गको घरमा नै पानीको धारा जडान गरेर उहाँको आमालाई पानी खुवाउँछु ।”
चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी १ सय १० जना नेपाली कांग्रेसमा प्रवेश गरका थिए । चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममालाई सम्बोधन गदै कांग्रेस युवा नेता तथा तनहुँ क्षेत्र नं २ का प्रदेश सभा (क) का उम्मेदवार प्रदिप पौडेलले युवाहरुको ढुकुढुकी बन्न सफल नेपाली कांग्रेसले नै युवाहरुको शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टी लिने बताए ।
चुनावी सभालाई नेपाली कांग्रेस तनहुँका उपसभापति जितप्रकाश आले, महाधिवशेन प्रतिनिधिहरु इन्दिरा खनाल, चुडामणी खनाल, मिलन आले पूर्व जिल्ला सदस्य निर्जला अर्याल लगायतले सम्बोधन गरेका थिए ।
भिमाद वडा नं ८ को भागर, बाह्रविसे सिम्ले लगायतका क्षेत्रका मतदाताहरुको घरदैलोमा मत माग्नपुग्नुभएका नेता भण्डारीलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।
यस्तै कांग्रेस युवा नेता तथा तनहुँ क्षेत्र नं २ का प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलले बुधबार नै शुक्लागण्डकी नगरपालिका वडा नं ८ को मुस्ताङ्ग बस्ति, सिमल डाँडा, टहरे, मालेवगर लगायतका क्षेत्रमा मतदाता घरदैलो अभियान सम्पन्न गरे ।
उक्त घरदैलो कार्यक्रममा क्षेत्रीय सभापति किसान गुरुङ्ग, महाधिवशेन प्रतिनिधि कृष्ण पण्डित , प्रकाश वि।क, क्षेत्रीय कोषध्यक्ष तारा अधिकारी तरुण नेता जितेन्द्र सेन ठकुरी लगायतको सहभागिता रहेको थियो ।