सहकारीबाटै समृद्धि गराउन चुनावमा होमिएकी काँग्रेस उम्मेदवार राज्यमन्त्री गुरुङ
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
73
Shares
तेह्रथुम । म्याङलुङ्ग स्थित सरस्वती महिला बुहउदेश्यीय सहकारी संस्थाले भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङलाई सम्मान गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा आसन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि तेह्रथुमबाट प्रत्यक्ष उम्मेदवार समेत रहेकी राज्यमन्त्री गुरुङलाई सहकारीले जिल्लाबाट पहिलो पटक एउटी महिला राज्यमन्त्री बनेकी भन्दै सम्मान गरेको हो ।
गुरुङ जिल्लाका मुख्य दलबाट बहुदल स्थापना पछि सरकारमा प्रतिनिधित्व गर्ने एक्ली नेतृ हुनुहुन्छ । महिला मात्रै आवद्ध सहकारीले राज्यमन्त्री गुरुङलाई जितको लागि अग्रिम शुभकामना समेत दिएको छ ।
साथै महिलाहरुले जिल्लाका सबै महिलालाई आफ्नो मतको सदुपयोग गरी राज्यमन्त्री गुरुङलाई विजयी गराउन आग्रह गरेका छन् ।