arrow

आफ्नै गाउँमा विजुली पुर्‍याउन नसकेका पुथ्वीसुव्वाले थेग्लान त कोइरालाको चुनौति ?

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
prithvi-subba-gurung.jpg

लमजुङ । पृथ्वी सुब्बा गुरुङ, एमालेका प्रभावशाली नेता हुन । ०६२-०६३ को लोकतान्त्रिक आन्दोलनपछि नेपाल सरकारको संस्कृति तथा पर्यटन मन्त्री बनेका उनी नेकपा एमालेको सचिव पनि हुन। 

केन्द्रीय राजनीतिमा उनले धेरै पहुँच राख्छन् । एमालेका शक्तिशाली अध्यक्ष केपी शर्मा ओलीका नजिकका नेता भएकाले पनि सरकार र पार्टीमा उनको पहुँच राम्रो छ । उनले चाहे लमजुङको लागि मात्र होइन, देशका कुनै पनि ठाउँमा चाहेको काम गराउन सक्छन् ।

तर गुरुङको यो सम्वन्ध र परिचय उनको लागि मात्र हो त लमजुङवासी यो प्रश्न गर्न थालेका छन। उनको सम्वन्धको प्रभाव लमजुङको विकासमा देखिएको छैन, न त उनले लमजुङमा नै विकासको नाममा केही गरे। 

लमजुङका अधिकांश गाउँमा राष्ट्रिय प्रसारणको विजुली बत्ती पुगिसकेको छ । तर आजसम्म पनि उनकै गाउँ गिलुङमा राष्ट्रिय प्रसारणको विजुली बलेको छैन । 

पृथ्वीसुब्बा गुरुङ जस्ता नेताको गाउँमा विजुली बत्ती किन पुगेन ? लमजुङका कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ भन्छन–“यो उहाँकै कारण भएको हो, जिल्लाका धेरै ठाउँमा कांग्रेसको पहलमा विजली पुर्‍यायौं, गिलुङ त उहाँको गाउँ, अनि नजिकैको चरागाउँ उहाँको ससुराली पर्छ । यी दुई गाउँमा विजुली पुर्‍याउने जिम्मा उहाँलाई छोडिदिएका हौं । उहाँले चाहे पुर्‍याउन सक्नुहुन्थ्यो, तर उहाँले चाहनु भएन।”

उनै पृथ्वीसुब्बा गुरुङ बाम गठबन्धनको तर्फबाट लमजुङको क्षेत्र नं. २ (ख)बाट प्रदेश सभा सदस्य पदमा निर्वाचनमा उठेका छन् ।

गुरुङलाई देशको विकासका चिन्तक, लमजुङको विकासको एकमात्र नेता भनि प्रचार गरिएको छ । प्रदेश नं. ४ को भावी मुख्यमन्त्रीको रुपमा समेत चित्रण गरिएको छ । 

लमजुङका जनताले उहाँलाई ०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा जिताएर पठाएका थिए । तर संविधानसभामा संविधान बनाउन भन्दा आदिवासी जनजाति र विशेष गरी गुरुङहरुको मात्र वकालत गरेको आरोप उहाँमाथि लाग्ने गरेको छ ।

संविधानसभामा ‘ककस’ गठन गरी जनजातिका मुद्दामा मात्र केन्द्रीत भई संविधान निर्माणमा असहयोग गरेको आरोप उनिमाथि छ । 

तत्कालीन आदिवासी नेता आङछिरिङ शेर्पा जस्तै बाहुन क्षेत्री समुदायप्रति असहिष्णु बनेको आरोप लागेपछि सोही कारण ०७० को निर्वाचनमा उहाँ पराजित भएको विश्लेषण छ ।

स्वयं गुरुङले पनि एक अन्तरवार्तामा “बाहुन क्षेत्रीले काशी जानु पर्ने डरले हराए” भन्ने अभिब्यक्ति दिएका थिए।

अहिलेको प्रदेश सभा निर्वाचनमा पृथ्वीसुब्बा गुरुङको टक्कर नेपाली कांग्रेस लमजुङक निवर्तमान सभापति कृष्ण कोइरालासँग छ । 

लमजुङको विकास निर्माण र यससंग सम्बन्धित हरेक क्रियाकलापमा कोइराला पार्टीको क्षेत्रीय सभापति, जिल्ला सचिव हुँदै सभापति हुँदासम्म सहभागी हुँदै आएका छन्। 

हरेक गाउँमा पुगेर विकासका काममा प्रत्यक्ष लागि परेकै कारण कोइराला जनताबीच लोकप्रिय छन् । 

नरम मिजासका कोइराला गुरुङका लागि ठूलो चुनौति बनेका छन्। 

जिल्लामा राम्रो छवि बनाएका कोइरालासंग चुनाव लड्न गुरुङलाई सहज छैन । बाम गठबन्धन भए पनि यो क्षेत्रमा माओवादीको राम्रो प्रभाव छैन । 

काँग्रेस उमेदवार कोइरालालाई दुई राप्रपाले साथ दिँदै गर्दा गुरुङको भन्दा कोइरालाको पल्ला भारी देखिने विश्लेषण गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ