धार्के(धादिङ)। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आगामी निर्वाचनपछि अधिनायकवादको सपना देख्ने कम्युनिष्टहरु समाप्त हुने बताएका छन्।
बुधवार धादिङको धार्केमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खाँणले काँग्रेसलाई सिध्याउँछौं भन्ने राणा र पञ्चायति व्यवस्था आफै समाप्त भएको स्मरण गराउदै अव सिद्धिने पालो एमालेको आएको बताए।
उनले नेपाली काँग्रेसले जनताको सेवा र सुविधाको पक्षमा काम गर्दै आएको जानकारी गराए।
नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक समेत रहनु भएका नेता खाँणले नेपाली काँग्रेसले आफ्नो घोषणापत्रमा एकीकृत सामाजिक सुरक्षा अवधारणा ल्याएकोले चुनाव पछि बन्ने काँग्रेसको सरकारले वृद्धहरुको स्याहार केन्द्र स्थापना पर्ने जनाए।
सामाजिक सुरक्षा अवधारणा अन्तरगत गर्भवति महिलाको पोषण र गर्भस्थ शिशुको स्याहार अर्थात कोखदेखि मृत्युपर्यन्त शोकसम्मका कार्यमा सरकारले हेर्ने कार्यक्रम समावेश गरिएको खाँणले बताए।