सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा आयोजित चुनावी समारोहमा बोल्दै सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रतिनिधीसभा उम्मेदवार एवम वर्तमान सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो बिजयीलाई कसैले रोक्न नसक्ने बताए ।
नेपाल महिला संघ सिन्धुपाल्चोकद्धारा आयोजित कार्यक्रमा काँग्रेसको जितलाई कुनैपनि शक्तिले रोक्न नसक्ने बताएका छन्।
"हामीले आयोजना गरेको सभामा आम दिदीबहिनी तथा आमाहरुको सहभागिताले हामीमा थप उत्साह जगाएको छ, सायद कांग्रेसप्रतिको उहाँहरुको विश्वास मात्र होइन भरोसा पनि हो यो" महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गिता नेपालले बताइन । कार्यक्रममा महिला संघकी निवर्तमान केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिला संग्रौला, काठमाडौ महानगरपालीकाकी उपमेयर हरिप्रभा खडकी तथा नेपाल सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष लिला नेपालले महिलाहरुको यो सहभागिताले सिन्धुपाल्चोक १ मा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको बताए ।
मंशिर १० गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा क्षेत्र नं. १ को चुनावी सरगर्मी ह्रवात्तै बढेको छ । दुई हेभिवेट उम्मेदवारको प्रतिष्पर्धाले पनि यो क्षेत्रको चासो देशभर बढेको हो । लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका वर्तमान संचारमन्त्री मोहनकुमार बस्नेत र बाम गठबन्धनबाट पूर्वमन्त्री अग्नी सापकोटा प्रतिष्पर्धामा छन् ।
कांग्रेसको यो जनलहरसँगै आत्तिएका बाम गठबन्धनले विभिन्न भ्रम र आतंकको अवश्था सिर्जना गर्दा पनि यो महिला सहभागिता हेर्दा कांग्रेस उम्मेदवार बस्नेतको बिजयी सहज छ भन्ने प्रष्ट हुन्छ ।