राजपा जित्यो भने सबै मुद्दाको सम्बोधन हुन्छ : नेता महतो
प्रकाशित २०७४ मंसिर ६ बुधबार
172
Shares
महेन्द्रनगर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेस र मधेशी जनताको आधारभूत आवश्यक्ता पूरा गर्ने जिम्मेवारी मधेशवादी दलको काँधमा आएको बताएका छन् ।
धनुषाको नगराइन नगरपालिकास्थित लगमा बुधबार आयोजित चुनावी सभामा उनले मधेशीको हक अधिकार, स्वाभिमान र सम्मानको रक्षाका लागि मधेशवादी दलकै पक्षमा मतदान गर्न सबैमा अपिल गरे ।
धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता महतोले भने "मधेशी जनताकै मत लिएर मधेशी जनतामाथि नै गोली चलाउने हत्यारालाई यस पटकको निर्वाचनबाटै मधेशी जनताले हिसाब लिने छ ।"
हाम्रो आन्दोलन मधेशअधिकार सम्पन्न नभएसम्म जारी रहने उल्लेख गर्दै उनले मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ भने।
नेता महतोले राजपा जिते मात्रै मधेशको जित हुने बताउँदै "मधेशलाई अधिकार सम्पन्न र बराबरीको हक दिलाउन राजपालाई जिताउनुस्" भने
"काँग्रेस सधैँ सत्तामा रहेको छ, तर पनि यहाँका जनकपुर चुरोट कारखाना बन्दभयो, जनकपुर भिठ्ठामोड, जटहीलगायतका सडकको अवस्था जीर्ण छ, यहाँसम्म कि जानकी मन्दिरलाई पनि विश्व सम्पदा सूचीमा ल्याउन सकिएन्" उनले भने "राजपा जितेर गयो भने यी सबै मुद्दाको सम्बोधन हुन्छ ।"