arrow

सूचना लुकाउदै बाजुराका मुख्य निर्वाचन अधिकृत

निर्वाचन आयोगको पत्रको समेत अवज्ञा

logo
रमित बिक,
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
bajuras.jpg

बाजुरा । बाजुराका मुख्य निर्वाचन अधिकृतले सूचना लुकाएको खुल्नमा आएको छ । अगामी मंसिर १० र २१ गते प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको रुपमा खटाईएका जिल्ला न्यायधिस पुष्पराज थपलियाले सूचना लुकाएको बताईएको छ ।

 कर्मचारी व्यवस्थापन निर्देशिका २०७४ को (१०) 'क' मा गोला प्रथा द्धारा मतदान अधिकृत र सहायक मतदान अधिकृत छनौट गर्नुपर्ने प्रावधान भएपनि मुख्य निर्वाचन अधिकृत थपलियाले भने सो प्रक्रियालाई बेवास्था गदै सचिवालयमा रहेका संगठनका कर्मचारी धन बहादुर बिष्ट,पुष्पराज जैशी र धर्मराज जोशीको समन्वय सहकार्यमा यस्तो गरिएको पाईएको छ ।

कर्मचारी खटनपटनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोट बिषयमा मुख्य निर्वाचन अधिकृतको  कार्यालय बाजुरालाई एकलौटी कर्मचारी खटनपटन गरिएको भन्दै नेपाल कर्मचारी युनियन संघ र नेपाल शिक्षक संघ बाजुराले ज्ञापनपत्र बुझाएपछि निर्वाचन आयोगले दिएको निर्देशन अटर गदै  मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले चिठ्ठी समेत लुकाएको बुझिएको छ ।

 उता मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियालाई  बारम्बार प्रक्रियाका बारेमा सोध्दा समेत सूचना नदिएर फर्काउने गरेका छन् । थपलियाले आफुलाई मंसिर २ गते निर्वाचन आयोगको चिठ्ठी आएको र कर्मचारी पठाउने तयारी गरिएकोले त्यस बिषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मात्र निर्देशन आएकाले आफुले जवाफ पठाएको बताएका छन् ।  उनले कुनै पनि सूचना नलुकाएको बताउदै आएका छन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ