धाँधलीरहित निर्वाचनको लागि मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
260
Shares
पाँचथर । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित जिल्ला निर्वाचन कार्यालयले मुस्ताङले ३७ मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत कर्मचारीलाई दुई दिने तालिम प्रदान गरिएको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी धु्रव कुमार राईले जानकारी दिए ।
यस्तै, मतदान केन्द्रको सुरक्षा ब्यवस्थापन फरक पर्ने,मतपत्रको ढाँचा र अनुसूची भर्ने क्रममा फरक पर्ने भएको हुँदा पनि तालिम दिन आवश्यक रहेको उनले बताए । १ सय ६५ मतदान अधिकृत,१ सय ६५ सहायक मतदान अधिकृत र जगेडा कर्मचारी १६ जना गरी ३ सय ४६ जना कर्मचारीलाई तालिम दिइएको उनले बताए ।
तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मनोज कुमार केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुँमागाई, स्थानीय विकास अधिकारी प्रदिपराज ज्ञवाली, जिल्ला शिक्षा अधिकारी वीर बहादुर खड्का, फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, जिल्ला निर्वाचन अधिकारी राई लगायतले गरिरहेका छन् । तालिम मंगलबार सकिँदैछ ।