arrow

मधेसका मागलाई पार्टीभित्र स्थापित गराउने काँग्रेसका अजय

जो लोकतन्त्र बचाउन २२ दिन जेल बसे

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
ajaya_chaurasiya.jpg

वीरगञ्ज । तराईमा आन्दोलन चर्किदा मधेसी दलहरु विभिन्न माग उठाएर सडकमा उत्रिए । जसमा जायज र नाजायज मागहरु पनि प्रशस्तै थिए । तर, यी दुबै खालका मागलाई देशका प्रमुख तीन दलले स्वीकार गरिसकेका थिएनन् । त्यही बेला देशकै ठूलो पार्टी नेपाली काँग्रेसमा एक जना नेताले मधेसका जायज माग पूरा गर्नुपर्छ भन्दै केन्द्रीय समिति बैठकमा प्रस्ताव नै लगे। ती हुन पर्साका नेता अजय चौरासिया । 

हाल पर्सा जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका चौरासियाले उक्त प्रस्तावलाई लामो समयको कसरतपछि पार्टीमा अनुमोदन गराई संविधान संशोधनमार्फत मागहरु पूरा गर्न पार्टी नेतृत्वलाई मनाए । यसरी कांग्रेसले मधेसका मुद्दालाई औपचारिक रुपमै स्वीकार गर्दै सम्बोधनका लागि लबिङ नै थाल्यो । अर्थात आजसम्म पनि संविधान संशोधनका लागि कांग्रेस प्रयासरत छ । यसलाई चुनावी एजेण्डा नै बनाएको छ । यसमा पर्साको वीरगञ्ज घर भएका कांग्रेस नेता चौरासियाको महत्वपूर्ण भुमिका छ । यद्यपी नेकपा एमालेका कारण संविधान संशोधन हुन सकेको छैन् । 

यस्तै, देशमा कम्युनिष्टको विगविगी रहेका बेला २०५६ सालमा पर्साबाट सांसद पदमा निर्वाचित भएर त्यो समयमा अजय चौरासिया राज्यमन्त्री समेत बने । उनी संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । उनले सांसद र मन्त्री भएर आफ्नो क्षेत्र र जिल्लाको विकासमा उल्लेख प्रगति गरे । सडक निर्माणदेखि निरक्षर गाउँमा शिक्षालाई उनले विशेष जोड दिए । 

त्यसका अलावा, सिंचाई, खानेपानी, स्वास्थ्य क्षेत्रमा पनि उनले उल्लेख विकास गरे । जसका कारण उनलाई जिल्लामा विकासवादी नेताका रुपमा पनि चिनिने गरिन्छ । विद्यार्थी हुँदै नेपाल विद्यार्थी संघबाट राजनीतिमा लागेका चौरासिया २०६४ साल र ०७० सालको निर्वाचनमा भने पराजित हुनपुगे । तर, उनले सांसद भएर २०५६ सालमा सुरु गरेका विकास निर्माणका काम र योजना अझै पूरा भएका छैनन् । त्यतिबेला देखिका अधुरका कामहरुलाई निष्कर्षमा पुर्याउन अहिले आफू जनमत लिन चुनावी मैदानमा आएको उनले ताए । 

जिल्लालाई विकास र समृद्धिका पक्षमा अब्बल बनाउन आफूले चाँहेका बताउँदै जनताले यो जिम्मेवारी यसपटक आफूलाई दिने उनको विश्वास छ । लोकतन्त्रको रक्षाका निम्ति २०६२–६३ को जनआन्दोलनका बेला २२ दिन जेलमा विताएका चौरासिया लोकतन्त्रलाई खतरामा पार्नेगरी एमाले र माओवादीबीच भएको गठबन्धनबारे भन्छन्– ‘वाम एकतासँग नेपाली कांग्रेस नै मधेसमा एउटा यस्तो लोकतान्त्रिक पार्टी हो जसले प्रस्पिर्धा गर्न सक्छ । अधिनायकवाद शक्तिविरुद्ध लड्न सक्छ । त्यसकारण मधेसको हकअधिकार, स्वतन्त्रता र लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई भोट दिनुस् । हामीविकास र समृद्धि ल्याउँछौं ।’ 

काँग्रेस नेता चौरासियाको पर्सा २ मा संघीय समाजवादी फोरम नेपालका नेताएवं स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदमा काँग्रेससँग पराजित उम्मेदवार विमल श्रीवास्तवसँग प्रतिस्पर्धा हुँदैछ । श्रीवास्तव अवसरका लागि पटक पटक पार्टी फेरिरहने भएकाले उनको पर्सामा खासै जनमत नरहेको बताइन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ