कम्युनिष्टको सरकारले विकासको क्षेत्रमा कायपलट गर्ने नेम्बाङको दाबी
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ मंसिर ४ सोमबार
212
Shares
पाँचथर । नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुबास नेम्बाङले कम्युनिष्ट गठवन्धनले सिंहदरबारमा चलेको शासन सत्तालाई पूर्ण रुपले गाउँघरमा पुर्याउने वताएका छन् । पाँचथरको इम्बुङमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दे यस्तो बताएका हुन् ।
उनले स्थानिय स्तरमा सदिँयौ देखि विकाश तथा सेवाबाट बन्चित गराई मुठिभर केहि ब्यक्तिहरुले विकाश निर्माण गर्दे आएको अवस्थामा अव कम्युनिष्ट गठवन्धनको सरकारले विकाश निर्माणको क्षेत्रका कायपलट गर्ने प्रतिवद्धता जनाए ।
वृद्धहरुलाई गोली हानेर त्रसित गराएका विपक्षीलाई मत जित्नका लागि सम्मानजनक वृद्धभत्ता वितरण गरेर सम्मान गरेको उल्लेख गरे । यतिबेला नेपाली काँग्रेस आत्तिएको अवस्थामा रहेको कम्युनिष्ट गठवन्धनको सुरक्षित जितलाई बयान गर्न नपर्ने उनको भनाई छ ।
कार्यक्रममा कम्युनिष्ट गठवन्धनका प्रतिनिधी सभाका उम्मेदवार बसन्त कुमार नेम्बाङ,ख क्षेत्रका उम्मेदवार इन्द्र आङबो मौसम,नेताहरु अइन्द्र सुन्दर नेम्बाङ,लेखनाथ न्यौपाने,ध्रुव आङदेम्बे,हर्क नेम्बाङ मिक्सो,नरबहादुर दुलाल लगायतको उपस्थिति रहेको थियो ।