शेखर कोइरालाले काँग्रेसमा भित्र्याए पूर्व सदभावनाका केन्द्रीय सदस्यलाई
प्रकाशित २०७४ मंसिर ४ सोमबार
426
Shares
मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पूव नेपाल सदभावना पार्टीका पूर्व केन्द्रीय सदस्य शाहदत्त हुसेनलाई पार्टी प्रवेश गराएका छन् ।
डा कोइरालाले हुसेनसहित १९ जनालाई काँग्रेसमा प्रवेश गराए ।
मोरङको सीतापुरमा आयोजित कार्यक्रममा डा कोइरालाले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराए ।
डा शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा उम्मेदवार हुन् ।
उनले कम्युनिष्ट गठबन्धनलाई निस्तेज पार्न काँग्रेसको पक्षमा जनलहर आएको समेत बताएका छन् ।