काठमाडौं । नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चन्द्र केसीले विकास र निकासको लागि नेपाली काँग्रेसलाई जिताउन मतदाताहरुलाई आग्रह गरेका छन् ।
चुनावी अभियानको क्रममा आइतबार मदाने गाँउपालिकाका बिभिन्न स्थानहरुमा पुगी उनले नेपालमा भएका हरेक सकारात्मक र परिवर्तनकारी कार्यहरु नेपाली काँग्रेसले नै गरेको बताए । स्व. शुशील कोइराला नेतृत्वको सरकारले संविधान बनाएको भन्दै उनले यसको अक्षरस कार्यान्वयन पनि काँग्रेसको नेतृत्वको सरकार बाहेक अरुको कुनै पनि शक्तिको बिकल्प नभएको बताए । उनले अहिले बनेको बाम गठबन्धन धोकेबाजहरुको झुण्ड भएको बताए ।
उता, काँग्रेसकै प्रदेश सभा ख का उम्मेद्वार छन्द पहराइले पनि आफ्नो जितको सम्भावना अब केही गरेर कुनै पनि शक्तिले टार्न नसक्ने बताए । उनले जनताले वामपन्थीहलाई चिनि सकेको हुनाले अबको नेतृत्व काँग्रेसको नै हुने र त्यसको लागि जनताले लोकतान्त्रीक शक्तिको चुनाव चिन्ह रोज्नुपर्ने बताए । उनी आज चुनावको शिलशिलामा पुर्काेटदह, भनभने लगायतका क्षेत्रमा पुगेका थिए ।