कसैको प्रलोभनमा नपर्नूस्, भोलिको भविष्य काँग्रेस नै हो : रुंगटा
प्रकाशित २०७४ मंसिर ३ आइतबार
141
Shares
वीरगञ्ज । नेपाली काग्रेसका नेता एव पर्सा क्षेत्र नम्बर १ का सासंद उम्मेदवार अनिल कुमार रुगंटा र १ को (ख) को प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफले आईतबार पनि विभिन्न वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।
उम्मेदवारद्वय रुगटा र सर्राफले वीरगन्ज महानगरपालिका वडा नम्बर २ को छपकैया र घुसुकपुरमा र वडा नम्बर ११ को रानीघाटमा घरदैलो कार्यक्रम गरेका हुन् । मतदाताहरुको घरदैलोमा पुग्दै उम्मेदवारहरु आफूलाई जिताउन नेपाली काँग्रेसको चुनाव चिन्ह रुख चिह्नमा मतदान गर्न आग्रह गरेका छन् ।
घरदैलोमा पुग्दै उम्मेदवारद्वय रुंगटा र सर्राफले बृद्धबृद्धासँग आर्शीवाद थाप्दै र युवाहरुसँग जोशका साथ हात मिलाउँदै भोलिको भविष्य र क्षेत्रको विकासको लागि नेपाली काँग्रेसमा मतदान गर्न आग्रह गरेका थिए । युवा उद्यमी तथा पूर्व सासद समेत रहेका नेता रुगंटाले भन्ने कसैको प्रलोभनमा आफनो मत खरिद विक्री नगर्नुस्, मुलुकको लोकतन्त्रको रक्षाको निम्ती र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नको निम्ती पनि नेपाली काँग्रेसलाई भोट दिनुस् ।
नेपाली काँग्रेसको विरुद्धमा मधेशवादी दलहरुले विभिन्न खाले अफवाहा फैलाई रहेको बताउँदै नेता रुगंटाले नेपाली काँग्रेसले नै दुई तिहाई बहुमत पु¥याएर मधेश र मधेशीको हकअधिकार सुनिश्चित गर्नको लागि संविधान संशोधन गरेर मधेशका केहि मागहरु पुरा गराउन सफल भएको थियो ।
बाँकी रहेको माग पनि काँग्रेसले नै पुरा गर्ने आश्वासन दिलाउँदै नेता रुंगटाले त्यसको लागि सरकार बनाउन दुई तिहाई बहुमत पु¥याउन आवश्यक पर्छ र नेपाली काग्रेसमा भोट हालेर बहुमत पु¥याउन सवैलाई आग्रह समेत गरे । युवा तथा कार्यकर्ताहरुले सांगीतिक माहोल सृजना गरी आफैँले बनाएका गीतहरु गाउँदै नाच्दै मतदातालाई आकर्षित गर्ने शैली प्रयोग गरेका थिए । काँग्रेसको घरदैलो कार्यक्रममा स्थानीयले उत्साह र उमंगका साथ सहभागिता जनाउँदै अब जित काँग्रेसकै जित रहेको हुनाले रुख छापमै सबैले मोहर लगाई बिजय गराउन हार्दिक अपिल समेत गरेका थिए ।
पार्टीका कोषाध्यक्ष ईम्तीयाज आलमको अगुवाईमा वडा नम्बर २ छपकैयामा निकालिएको घरदैलो कार्यक्रममा पार्टीका नेता ईश्वरभक्त श्रेष्ठ, श्याम पोखरेल, राजकृष्ण अमात्य, राकेश सिंह, ध्रुव नेपाल, पार्टीको नगर सभापति भोला प्रसाद कलवार, स्थानीय नेता जौवाद हुसैन, जोगिन्द्र साह सोनार, जौवाद मिया ठकुराई लगायतको सयांै नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । त्यसैगरी वडा नम्बर ११ का बुथ सभापति गोपाल रौनियारको अगुवाईमा घरदैलो कार्यक्रम गरिएको थियो ।