arrow

लक्षित वर्गको रकम रकमान्तर नगर्न निर्देशन

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
kunti.JPG.jpeg
फलेवास (पर्वत) । स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले लक्षित वर्गमा विनियोजित रकम दुरुपयोग र रकमान्तर नगर्न निर्देशन दिएका छन् । 
 
विहिबार पर्वत सदरमुकामस्थित कार्यालयका कर्मचारीलाई निर्देशन दिने क्रममा राज्यमन्त्री शाहीले कतिपय जिल्लामा लक्षित वर्गको रकमलाई यो वा त्यो बहानामा बाटोघाटो र पानी, बिजुलीबत्ती निर्माणमा खर्चिएको उदाहरण देखाउँदै भन्नुभयो, “राज्यले पिछडिएको क्षेत्रलाई समानस्तरमा उकास्न लक्षित वर्गलाई छुट्टै बजेटको व्यवस्था गरेको हो, सो रकमलाई रकमान्तरण नगरियोस् ।” 
 
शाहीले भ्रष्टाचार न्यूनीकरणका लागि कर्मचारी आफैँ कर्तव्यनिष्ठ भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले समग्र पर्वत जिल्लाको वस्तुस्थितिका बारेमा अवगत गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ