कास्कीका जनताले लोकतन्त्रको पक्षमा मतदान गर्छन – गुरु बराल
सरिता तिम्सीना पगेनी
प्रकाशित २०७४ मंसिर २ शनिबार
625
Shares
पोखरा । कास्की क्षेत्र नं २अन्र्तगत प्रदेशसभा क का उमेदबार युबा नेता गुरु बरालले कास्केली जनताले लोकतन्त्रको पक्षमा मतदान गर्ने बताएका छन ।
शनिबर पोखरा लेखनाथ महानगर पालिका वडा नं ७ को घरदैलोका क्रममा उनले लोकतान्त्रिक पक्षधरको जनलहर कास्कीमा बढिरहेको भन्दै कास्कीका जनताले लोकतन्त्रको पक्षमा मतादन गर्नेमा आफू बिश्वस्त रहेको बताए ।
उनले काँग्रेसलाई जिताए मात्रै लोकतान्त्रिक संबिधानको रक्षा हुने भन्दै यस पटक काँग्रेसलाई जिताउन आग्रह समेत गरे ।
शनिबारनै पोलेमनपा ७ कै सुकूम्बासी बस्तीमा पुगेका बरालले त्याहाँका स्थानीयलाई सम्बोधन गर्दे अझै पनि सूकूम्बासी बस्तीमा गाँस बाँस र कपासको ग्यारेन्टी हुन नसकेको भन्दै उनले गाँस, बाँस कपास जस्ता नागरिकका आधारभूत अधिकारलाई आफूले पहिलो प्राथामिकतामा राखेर काम गर्ने प्रतिबद्धता ब्यत्त गरे ।
त्यसैगरी पोलेमनपा ३३ भरतपोखरी को कोणकभमा बोल्दै युबा नेता बरालले यूबाहरुलाई परिचालन मात्रै गर्ने तर अबसर नदिइने गरेकोमा यस पटकको आफ्नो उम्मेदबारीले सम्पूर्ण यूबाहरुको प्रतिनिधित्व गरेको उल्ल्लेख गर्दै आफूले यूबाहरुको भाबनालाइ समेटेर काम गर्ने बताए ।