म्याग्दी। नेपाली कांग्रेस म्याग्दीको आसन्न छैठौं जिल्ला अधिवेशन नजिकिदै गर्दा म्याग्दीको लागि नेतृत्वको विषयलाई लिएर चोक–चोकका चिया गफमा समेत चर्चा परिचर्चा हुन थालेको छ। म्याग्दी कांग्रेसका लागि पार्टी सभापतिको लागि तीन जना आकाँक्षी देखिएका छन। नेपाली कांग्रेसको केन्द्रीय समितिमा देखिएको चर्को गुटबन्दी जिल्लादेखि क्षेत्रसम्म पुगेको छ। त्यसबाट म्याग्दी पनि अछुतो छैन। दुईजनाले आफ्नो उमेद्वार घोषणा समेत गरेका छन्।
वर्तमान सभापति एवं सांसद रेशमवहादुर बानियाँले पनि पुन कार्यकर्ताको माग अनुसार आफुनै पार्टी सभापति हुने मनसाय ब्यक्त गरेका छन। पार्टीको पाँचौ महाधिवेशवाट सभापतिमा चयन भएपछिको समयमा अत्यन्त कमजोर अवस्थामा रहेको पार्टीलाई बलियो बनाउन र यहाँसम्म ल्याउन आफूले निकै मिहिनेत गरेको र जिल्लामा कांग्रेसलाई पहिलो स्थानमा पुर्याउनका लागि आफू लागि परेको बताउँदै आएका छन्। उनले भने ‘सांसद पद विशेष अवस्थाबाट प्राप्त भएको हो । यसमा जिल्लाका सम्पूर्ण साथीहरुको महत्वपूर्ण भूमिका पनि थियो। साथीहरुले सर्वसम्मत रुपमा मलाई एक कार्यकाल अझै काम गर्न दिनुहुन्छ भन्ने आफ्नो आशा रहेको छ।’
यदि कार्यकर्ताले सहमतिमा जसलाई दिएपनि त्यसका लागि आफु बाधक नबन्ने सभापति वानियाँको भनाई छ। कुनै पदमा पनि सहमति नभई प्रतिष्पर्धामा जानु पर्ने अवस्था आएमा आफु पनि पछि नहट्ने उनले बताएका छन्। अझ एक कार्यकालको लागि साथीहरुले मुल्याङकन गर्ने छन भने बिश्वास गरेको छु। बानियाँ संस्थापन पक्ष भित्रका रामचन्द्र पौडेल पक्षका हुन्।
म्याग्दीका वर्तमान उपसभापति खमबीर गर्वुजाले सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। गर्वुजा २०७० सालको संविधान सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट प्रत्यक्षमा निर्वाचन लडेर ३ हजार ४ सय ४६ मतले मात्र पराजित भएका हुन्। गर्वुजाले यसपटक जिल्लामा कांग्रेसको नेतृत्व आफूले गर्न पाउनुपर्ने बताउँदै यूवाहरुलाई समेटेर अगाडी बढ्ने र गुटका कुरा नगरी सबैलाई कांग्रेस हुँ भन्ने बनाएर लैजानको लागि आफुले उमेद्वारी घोषणा गरेको बताउछन्।
‘सबैले दिने हो भने आफनै पालो भएको र त्यसमा पनि संविधान सभाको निर्वाचनमा लडेर हारेको भए पनि साथीहरुले मेरो नेतृत्वलाई नै सहमति गरिदिन्छन् भने मलाई विश्वास छ।’यदि सहमतिमा भएन भने ओकतान्त्रिक बिधि प्रतिष्पर्धामा जाने उनको भनाई छ। उनि म्याग्दीमा संस्थापन पक्षधर हुन र यूवाहरुको माझमा लोकप्रिय पनि छन्। यूवाहरुको माग गर्बुजा रहेको धेरै यूवा कार्यकर्ताले बताएका छन्।
यसैगरि म्याग्दीको लागि पुराना र धेरै संघर्ष गरेका अर्को नेता हाल महाधिबेशन प्रतिनिधि महासमिति सदस्य नेत्रबहादुर महतले करिव एक महिना अगाडिनै पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गरि प्रचार प्रसारमा आफ्नो टिम बनाएरै अगाडि बढेका छन्। सहमतिमा भए हुन्छ नभए प्रजातान्त्रिक बिधिबाट प्रतिष्पर्धामा जाने उनको तयारी रहेको छ। आफु पार्टीमा लामो समयसम्म रहि काम गरेको र लामो अनुभव पनि भएकोले यस पटको पार्टी सभापतिको लागि आफु योग्य भएको उनको भनाई छ। पार्टी विभाजन यता महत शेरवहादुर देउवाको पक्षधर हुन्। उनलाई जिल्ला सदस्य लोक मल्ल, ज्ञानेन्द्र केसी, बिद्यार्थी नेता बिक्रम बोगटी, तरुणदलका कोषाध्यक्ष सोम हुमेन लगायतका यूवा पूस्ताहरु खुलेरै सहयोग गरेको देखिएको छ।
प्रत्येक गाउँ कार्यसमितिका सभापति १ र क्षेत्रीय प्रतिनिधि ९ गरी एउटा गाविसबाट १० जना प्रतिनिधिगरी ३५ गाविसबाट ३ सय ५० जना निर्वाचित भएर आउने छन् । त्यसैगरी नगरपालिकाका १४ वटा वडाहरुबाट ५६ जना र नगर कार्य समितिबाट १० र अन्य ३ गरी कुल ४ सय १९ जना प्रतिनिधिहरु हुने अधिवेशनमा गाउँ समितिबाट निर्वाचित भएर आएका प्रतिनिधिहरुमध्येबाट १२ जना महाधिवेशन प्रतिनिधी चयन हुने र १२ जना मध्यबाट सभापति छानिने प्रावधान रहेको हुनाले कुन पक्षको हातमा पर्ने हो भन्ने यकिन गर्न नसकेको कार्यकर्ताहरु बताउछन। अधिबेशनसंगै बिभिन्न कार्यसमिति तथा महाधिबेशन प्रतिनिधिका लागि उमेद्वार बन्न चाहने नेता कार्यकर्ताहरु गाउँगाउँमा प्रचार प्रसारको लागि बिभिन्न स्थानमा भेटघाट तथा गाउँ सम्मेलन गर्न लागिपरेका छन्।
म्याग्दी कांग्रेसका लागि निकै मजबुत मानिएका ब्यक्तिहरुले आफ्नो स्वार्थ र ब्यक्तिबादी सोच भएका ब्यक्तिहरुलाई पार्टीमा राख्दा नै पाटी अगाडी जान नसकेको गाउँगाउँका कार्यकर्ताको गुनासो समेत रहेको छ। पछिल्लो पुस्ताका यूवा कार्यकर्ताले नेपाली कांग्रेस म्याग्दीका लागि यो त्यो भन्दा पनि सबैलाई समेटेर अगाडी लैजान सक्ने योग्य उमेदवार आउनु पर्ने माग गरेका छन। नेपाली कांग्रेसको अधिवेशन भएता पनि यसवाट चुनिएर आउने नेतृत्वले अन्य राजनीतिक दलहरुलाई समेत प्रभाव पार्न सक्ने भएको हुँदा अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुले पनि म्याग्दी कांग्रेसको अधिवेशनलाई निकै महत्वका साथ हेरेको पाइएको छ।
युवाहरुद्धारा उम्मेद्वारी घोषणा
नेपाली काँग्रेस म्याग्दीको आसन्न जिल्ला अधिवेशनबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको लागि दुई युवा नेताहरुले उम्मेद्वारी घोषणा गरेका छन्। बेनीमा पत्रकार सम्मेलन गरि नेविसंघ म्याग्दीका जिल्ला सभापती समेत रहेका भरत रकाल र बहालवाला महाधिवेशन प्रतिनिधि समेत रहनुभएका धन बहादुर छन्त्यालले आगामी कार्यकालको लागि महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका हुन।
उम्मेद्वारी घोषणा गर्दै निवर्तमान नेविसंघ जिल्ला सभापती समेत रहेका छन्त्यालले काँग्रेसको नेतृत्वमा युवाहरुको प्रतिनिधित्व बढाउँदै काँग्रेसको नीति, सिद्धान्त र विचारलाई बलियो बनाउनको लागि आफुले समावेशी अल्पसंख्यक कोटाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेको बताए। त्यस्तै अर्का नेता भरत रकालले अहिले काँग्रेसको केन्द्रदेखि जिल्ला तहसम्म देखिएको गुटबन्दीको अन्य गर्दै आन्तरिक अन्तरसंघर्षको सहि ब्यवस्थापनको लागि युवाहरुको भूमिका महत्वपूर्णं हुने भएकाले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा आफुले उम्मेदवारी दिन लागेको बताए।