कांग्रेसले अर्घाखाँचीलाई पाँच बर्षमा देशकै नमुना जिल्ला बनाउछ : बिश्वककर्मा
घनश्याम पाैडेल,
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
149
Shares
अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व मन्त्री मान बहादुर बिश्वककर्माले राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सामाजिक न्यायको एजेण्डा एकसाथ बोकेर हिड्ने नेपाली कांग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने बताएका छन् । उनले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताउदै आगामी १० बर्षमा देशलाई समुन्नतिको शिखरमा पुर्याउने कार्यक्रम कांग्रेससंग मात्र भएको उल्लेख गरे।
नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा १ ले छत्रदेव गाउँपालिकाको चिदिकाको कमल पोखरी र कुवरका चौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गदै नेता बिश्वकर्माले अर्घाखाँचीलाई कांग्रेसले पाँच बर्षमा देशकै नमुना जिल्ला बनाउने बताए ।
त्यस्तै कांग्रेस नेता रेवती प्रसाद भुसाले जिल्लाको बिकासको लागि नेपाली कांग्रेस सधै अर्गपतिमा रहेको बताएका छन् । उनले छत्रदेवमा देखिएको खानेपानी समस्या समाधान गर्नको लागि पहल गरिरहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेस सभा १ का उम्मेद्धार बिष्णु प्रसाद खनाल मुस्कानले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको जीत अपरिहार्य भएको बताए । उनले कम्युनिष्ट गठबन्धनले कांग्रेसलाइ झन बढि फाइदा भएको बताउदै कम्युनिष्टहरु धरासयी हुने बताए ।