arrow

शेखरले भित्राए ई-रिक्सा चालक संघका सम्पूर्ण पदाधिकरी, मोरङ ६ मा कम्युनिष्टलाई ठूलो धक्का

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
shekhar-koirala.png

मोरङ। मओवादीमा राम्रै पहुँच बनाएर पार्टी भित्र स्थापित भएका मोरङ क्षेत्र न ६ का कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेपछि कम्युनिष्टलाई ठूलो धक्का पुगेको छ। अखिल नेपाल क्रान्तिकारी संघ ई-रिक्सा चालक संघका सम्पूर्ण पदाधिकरीहरु एक भव्य समारोहकाबीच कांग्रेसमा प्रवेश गरेका छन। प्रवेशीहरुलाई मोरङ ६ का प्रतिनिधि सभा उम्मेदवार डा शेखर कोइरालाले अविर लगाएर स्वागत गरे।

विराटनगरको मानगढ (पुष्पलाल चौक) मा शुक्रवार आयोजित चुनावी सभामा  समर्थक  १ सय २७ ई-रिक्सा चालकहरु कांग्रेसमा प्रवेश गरेका हुन। अखिल नेपाल क्रान्तिकारी संघ ई-रिक्सा चालक संघका केन्द्रीय सदस्य महेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा सम्पूर्ण पदाधिकारीहरुले कांग्रेस प्रवेश गरेको घोषणा गरे। अध्यक्ष श्रेष्ठले लोकतन्त्रको कपडा लगाएर कम्युनिष्टले जनतालाई झुक्याइरहेको आरोप लगाए। कम्युनिष्ट कहिले लोकतान्त्रिक हुन सक्दैनन् उनले भने, हाम्रो यो ऐतिहासिक प्रवेशले मोरङ ६ का उम्मेदवार डा कोइरालालाई विजय गराउने अथक प्रयास रहने छ।

यस क्षेत्र मा कांग्रेसबाट डा शेखर कोइराला उम्मेदवार खडाभएपछि विभिन्न पार्टी परित्याग गरि कांग्रेस  प्रवेश गर्नेहरुको लहर बढेको छ। विराटनगर ७, ११ र १२ वडाका करिव ८ सय एमाले र माओवादीका कार्यकर्ताहरु दुइ साता अघि कांग्रेसमा प्रवेश गरिसकेका छन। आफ्ना तर्फ  कम्युनिष्टबाट उम्मेदवार बनेका एमालेका लालवावु पण्डित भन्दा झण्डै ४ हजार फराकिलो मतले अघि  रहेका डा कोइरालाको पक्षमा जनमत बढदै गएको छ।

कांग्रेस वाहुल्य क्षेत्र रहेको मोरङ ६ साविक क्षेत्र न ७ वाट डा कोइराला २ पटक संविद्यान सभाको निर्वाचनमा विजयी भैसकेका छन। डा कोइरालाले मोरङ ६ का मतदाता विच  १७ वुँदे प्रतिवद्धता राखी भोट मागिरहेका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ