विधान अनुसार कार्य नगरेपछि कांग्रेसबाट कार्की निष्काशित
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
395
Shares
पाल्पा । नेपाली कांग्रेसको अनुशासन समितिले पार्टीको पूर्व जिल्ला सदस्यलाई साधारण सदस्य पनि नरहने गरि पार्टीबाट निस्काशन गरेको छ ।
पार्टीको अनुशासन समितिले रैनादेवि गाँउपालिकाको मुझुङ्गका विनोद कार्कीलाई साधारण सदस्य पनि नरहने गरि कार्वाही गरेको हो । अनुशासन समितिकिा संयोजक रामेश्वर पन्थिले विनोद कार्कीको गतिविधि पार्टीको विधान अनुसार नभएकाले उनलाई कार्वाही गरेको बताए ।
कार्की पहिलो संविधान सभा निर्वाचनको समयमा नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नेपाली कांग्रेसले पार्टीको अनुशासन विपरीत कार्या गर्ने पार्टीका नेता कार्यकर्तालाई कार्वाही गरिने पार्टीले जनाएको छ ।