धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ 'ख' प्रदेश सभा सदस्यका उम्मेदवार श्याम साहले विहिवार जनकपुर उप महानगरपालीकाको वडा नम्बर ५ मा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन । क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार विमलेन्द्र निधि र प्रदेश सभा सदस्यका उम्मेदवार श्याम साहलाई विजयी वनाउन आग्रह गरेका छन् ।
जनकपुरको महाविर चौकबाट कांग्रेसका उम्मेदवार साहको नेतृत्वमा निकालीएको घरदैलो कार्यक्रममा स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा प्रदेश सभाका उम्मेदवार साहले नेपाली कांग्रेसले उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउन आग्रह गरे । मधेशको मुद्दा कांग्रेसले मात्र सम्बोधन गर्न सक्ने भएकाले पनि कांग्रेसलाई जिताउन उम्मेदवार साहले मतदाताहरुसंग आग्रह गरे ।
कांग्रेसका उम्मेदवार साहले नेपाली कांग्रेसकै नेतृत्वमा नयाँ संविधान बनेको बताउदै नेपाली कांग्रेसले बहुमत ल्याए मधेशको मांग समेत संविधान संसोधन मार्फत सम्बोधन गर्ने घरदैलो कार्यक्रममा मतदाताहरुलाई बताएका थिए ।
घर दैलो कार्यक्रममा प्रतिनिधि सभाको समानुपातिक तर्फका उम्मेदवार मिनाक्षी झा, लक्ष्मी भण्डारी ,प्रदेश सभा समानुपातिकका उम्मेदवार सरस्वती चौधरी, प्रमिला देवी दास, वृहत्तर जनकपुरका पूर्व अध्यक्ष दिगम्वर राय, पूर्व उप मेयर किशोरी साह, नेपाली काँग्रेसका महा समितिका सदस्य प्रफुल्ल राज घिमिरे, नेका जिल्ला सदस्यहरु उमेश सिंह, गणेश झा, अनिता श्रीवास्तव, क्षेत्रिय सचिव सम्झना वर्मा, उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष निर्मल चौधरी, नेपाल परिवार नियोजनका पूर्व कोषाध्यक्ष प्रमोद चौधरी, उद्योग वाणिज्य संघका महा सचिव प्रमोद चौधरी, वडा नम्वर ५ का वडा अध्यक्षा मनोज साह, गणेश यूवा कमिटिका पूर्व अध्यक्ष संतोष साह लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।