arrow

काँग्रेसमा प्रवेशको जनलहर : नेता कँडेल

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
kadel_news.jpg

नवलपरासी ।  नवलपरासीमा नेपाली  काँग्रेसको तर्फबाट आसन्न प्रतिनिधी र प्रदेश सभाका उम्मेदवारहरुले बिहीबार पनि आ-आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न चुनाव प्रचार प्रचारमुखी कार्यक्रम गरेका छन् । उम्मेदवारहरुले आफ्ना समर्थकहरुको साथमा विभिन्न क्षेत्रमा मतदाताहरुसँग मतमाग्न घरदैलो गर्ने र आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा आज पनि प्रचार प्रसार कार्यालय उद्घाटन गर्ने अन्य भेला तथा सम्मेलन गर्ने लगायतका कार्यक्रम जारी राखेका छन् । 

यसैक्रममा नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलले अहिले जनताले विश्वास गरेर नेपाली काँग्रेसको प्रवेशको जनलहर चलेको बताएका छन् । बर्दघाट सुस्ता पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका कण्डेलले बिहीबार नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ३ का पार्टीको प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेता कँडेलले यस्तो बताएका हुन् ।

सो अवसरमा कँडेलले जनताले विश्वास गरेर देशैभरी नेपाली काँग्रेसको जनलहर बढेको दाबी गर्दै जनताको मर्म र भावना अनुसार आगामी दिनमा कांँग्रेसले नेपाली जनताकालागि काम गरेर देखाउने बताए ।

रामग्राम नगरपालिका वडा न. ३ का वडा संयोजक राजेन्द्र अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार वैजनाथ जयसवाल, पार्टीका क्षेत्रीय सभापति एवंम् नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, काँग्रेसका जिल्ला सचिव गजानन्द पटेल, निर्वाचन परिचालन समितिका संयोजक राजेन्द्र सहानी, निर्वाचन परिचालन बुद्धिजिबी समितिका संयोजक राधेश्याम पाठक, वडा अध्यक्ष हरि उपाध्याय लगायतले बोलेका थिए ।

यसैगरी, यता बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् काँग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधि तिवारीले संयुक्त रुपमा रामग्राम नगरपालिकाको वडा न. ११ र १२ का कसिया, कुनुवार र पचगवा क्षेत्रमा घरदैलो गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ