arrow

कांग्रेस हारे विकास हार्छ : पौडेल

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
poudel2.jpg

बागलुङ । नेपाली कांग्रेसका नेता प्रकाश शर्मा पौडेलले कांग्रेस हारे विकास हार्ने बताएका छन् । बागलुङ  क्षेत्र नम्बर १ को प्रदेश २ प्रदेश सभा उम्मेदवार पौडेलले जैमीनी नगरपालिका वडा नं. ५ विनामारेका स्थानीयसँग सो कुरा बताएका हुन् ।

घरदैलो अभियान पछिको सभामा बोल्दै उम्मेदवार पौडेलले आगामी  निर्वाचनमा काँग्रेसले हारे सबै हार्ने हुँदा काँग्रेसलाई नै जिताएर पठाउनका लागि जनतासँग आग्रह गरे। उनले विनामारे कालिगण्डकी करिडोरसँग जोडिएको र यस क्षेत्रको धेरै सम्भावन भएका कारण यहाँको विकास निम्ती आफु आगडि बढ्ने बताए । पौडेलले विनामारेको शैक्षिक विकासका लागि प्राविधिक शिक्षा संचालन गर्न जरुर रहेको भन्दै यसको पहल थालनीका लागि आफुल सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा प्रचार प्रसार संयोजक हरि आचार्य, जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल, महासमिति सदस्य किरणराज पौडेल, क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, नेविसंघका केन्द्रिय उपाध्यक्ष सागर परियार, सहमहामन्त्री हरिहर शर्मा धौलागिरी बहुमुखी क्याम्पस बागलुङका स्ववीयु उपसभापति बालकृष्ण शर्मा, नेपाल महिला संघ विनामारेकी अध्यक्ष मना रोका, लगायतले यस क्षेत्रको विकासका निम्ती नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्नका लागि आग्रह गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ