arrow

बारामा एमालेका पुर्व गाविस अध्यक्ष सहित छ सय भन्दा बढी आए काँग्रेसमा 

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
farmulla-mansur-party-pravesh.jpg

कलैया । नेकपा एमालेका भोडहा गाविसका पुर्व अध्यक्ष सहित छ सय भन्दा बढी नेपाली काँग्रेसमा बिहिबार प्रवेश गरेका छन । 

भोडहा गाविसका पुर्व अध्यक्ष भुवाली साहको नेतृत्वमा छ सय भन्दा बढी एमालेका नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशी साह सहित एमालेका नेता तथा कार्यकर्ताहरुलाई श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नं ३ का प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले स्वागत गरे ।  

क्षेत्र नं.३ को १ का प्रदेश सभाका उम्मेदवार रामानन्द यादव, पुर्व सांसद मधु शाही ठकुरी, क्षेत्र नं. ६ का क्षेत्रिय सभापति मुकेश कुशवाहले माला, टिका लगाई नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । 

नव प्रवेशी साहले नेपाली काँग्रेस लोकतन्त्रको लागि लडने पार्टी भएकोले आफुहरुले काँग्रेसमा प्रवेश गरेको बताऐ । उनले काँग्रेसले मुलुकमा गरेको विकास, जनतामा लोकप्रिय भई मित्रता कायम गर्ने पार्टी भएकोले आफुहरु नेपाली काँग्रेसमा प्रवेश गरेको बताए । 

नेपाली काँग्रेसमा नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राजपा लगायतका विभिन्न दलका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्न थालेपछि बारा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर, ३ को १ का प्रदेश सभाका उम्मेदवार रामानन्द यादव जितका लागि थप मजबुत भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ