कञ्चनपुर। नेकपा एमाले बाट २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन सुडा गाबिस वडा नं १ (हाल बेदकोट नपा वडा नं ७) बाट निर्वाचित वडा सदस्य तारा डगौरा सहित ४० जना बिहीबार नेपाली काँग्रेस प्रवेश गरेका छन।
वेदकोट नपा वडा नं ७ मन्दिरपुरमा आयोजित नेपाली काँग्रेसको चुनावी भेटघाट कार्यक्रममा कञ्चनपुर क्षेत्र नं २ का प्रदेशसभा 'ख' का उम्मेदवार बहादुर सिंह थापाले तारा डगौरा, कुल बहादुर डगौरा, लक्ष्मण सिंह चैसिर, गौरसिंह भण्डारी, रघुवीर लेखक, बुदिनी डगौरा लगायतका ४० जनालाई काँग्रेस प्रवेश गराएका हुन ।
त्यसैगरी ७ नं वडाको भुडामा आयोजना गरिएको अर्को कार्यक्रममा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार बनेका बिष्णु पौडेल र बिरेन्द्र राना लगायतका ४० जना पनि काँग्रेस प्रवेश गरेका छन ।