arrow

रसुवाका एमाले उम्मेदवार ढकाल विरुद्ध ठगी मुद्दा

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
23634799_10213099821403425_586937706_.jpg

काठमाडौं । रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन ढकालमाथि ठगि मुद्दामा उजुरी दर्ता भएको छ । सूर्य चन्द्र कन्स्ट्रक्सन्स कम्पनीका सञ्चालक पूर्व सासंद एवं रसुवा जिल्लामा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन ढकाल विरुद्ध रूपन्देही जिल्ला अदालतमा ठगि मुद्दा  दर्ता भएको हो। 

रिडि र पाल्पामा सूर्य चन्द्र कन्स्ट्रक्सन्स कम्पनीका लागि आरबि ईट्टा उद्योगले ईट्टा सप्लाई गरे वापतको भुक्तानी चेक वाउन्स भएका कारण आरवि ईट्टा उद्योग वुटवलका सञ्चालक गोविन्द रावलले रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

वैकिड कसुर ऐन अन्तर्गत  वाउन्स चेक जारी गर्ने व्यक्ति वा संस्थालाई ठगि मुद्दामा कारवाही हुने कानूनी व्यवस्था छ । २०७३ बैशाखमा दिएको चेक अहिलेसम्म पनि भुक्तानी हुन
नसकेको कारण रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको आरवि ईट्टाभट्टाका सञ्चालक गोविन्द रावलको भनाई छ ।

पटक पटक सम्पर्क गर्दा पनि आश्वासन मात्र दिएको र पछि सम्पर्कमै नआएका कारण मुद्दा दायर गरेको उनले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ