हिमालदेखि तराईसम्मको समस्या समाधान काँग्रेसले मात्रै गर्नसक्छ : चौरसिया
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
592
Shares
वीरगञ्ज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अजय चौरसियाले हिमाल, पहाड र तराई जोडी सबैको समस्या समाधान गर्नसक्ने हैसियत काँग्रेस सँग मात्र रहेको दाबी गरेका छन्।
आसन्न निर्वाचनलाई लक्षित गरी क्षेत्र नम्बर २ को बिरुवागुठी, सबैयाटारी, झाबराहा, लगायतका गाउँहरुमा घरदैलो गर्ने क्रममा नेता चौरसियाले नेपालको राजनितिक इतिहासमा ठूलो संकटको रुपमा देखापरेको बाम एकता मुलुक र प्रजातन्त्रको लागि धेरै ठूलो चुनौतिको रुपमा रहेको बताए । उनले उत्तरी ठुलो छिमेकी देशले बाम एकता मार्फत मुलुकमा साम्यबादी शासन लादेर राष्ट्यि अखण्ड्तालाई खल्बल्याउने षड्यन्त्रमा लागेकोले बेलैमा सचेत हुन आवश्यक रहेको कुरामा जोड दिए ।
साथै, यस्तो अवस्थामा प्रजातन्त्रको रक्षा गरी सम्पुर्ण क्षेत्र, वर्ग तथा समुदायका नेपालीहरुको हरेक समस्याको समाधान गर्न काँग्रेसको जित आवश्यक रहेकोमा उनले जोड दिए । घरदैलोका क्रममा मतदाताहरु पनि नेपाली काँग्रेसले नै हिमाल, पहाड र मधेशको समस्या समाधान गर्ने पार्टी भएकोले काँग्रेसको पक्षमा ठुलो जनमत रहेको बताएका छन् ।