arrow

‘वाम गठबन्धनले बहुमत ल्याउने ओलीको कुरा चुनावपछि कता जान्छ, कता’ – मन्त्री थापा

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
Dhankuta.jpg

धनकुटा । उद्योगमन्त्री एवम् संयुक्त लोकतान्त्रिक गठबन्धनका धनकुटा क्षेत्र नम्बर १ का प्रतिनिध सभाका संयुक्त उम्मेद्धवार तथा राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापाले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नै बनाउने दाबी गरेका छन् । 

उनले भने, ‘धनकुटा सबै कारणले प्रदेश नम्बर १ को राजधानीबन्न योग्य छ, भौगोलिक, जातीय, भाषिक, लैंिगक रुपमापनिधनकुटा सम्पन्न छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले धनकुटामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै मन्त्री थापाले धनकुटा पूर्वाधार, भौगोलिक सुगमता र पहिलेको क्षेत्रिय कार्यालय भएको हिसाबले पनि प्रदेश नम्बर एकको राजधानीहुने जिकिर गरेका छन् । 

उनले धनकुटालाई प्रदेशको राजधानीनबनाउनको लागिवाम गठबन्धनका उम्मेद्धवारहरुले यसअघि नै घातक निर्णय गरिसकेकोले अब धनकुटालाई राजधानी लोकतान्त्रिक गठबन्धनले मात्रै बनाउन सक्ने जिकिर गरे । 

उनले भने,“एमाले र माओवादी केन्द्रका साथीहरुले धनकुटालाई राजधानी बनाउन हुँदैन भनेर लागिपरिरहेको हामीले थाहा पाएका छौं, तर म भन्छु, धनकुटालाई नै प्रदेशको राजधानी बनाउँछौं, अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग हामी डेलिगेशन जाँदा पनि उहाँहरु हुन्छ भन्नुभएको छ, उहाँले त डढेलधुरा हुन्छ भने धनकुटा किन नहुनु भन्नुभएको छ, प्रधानमन्त्रीको कुरा कसरी अविश्वास गर्ने ? त्यसैले हामी त पूर्ण विश्वस्त छौं ।’

उनले लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराउनको लागि अपिल समेत गरे । थापाले धनकुटेली जनताहरुको मुहार आफूहरुले मात्रै फेर्न सक्ने भन्दै अबको निर्वाचनमा अत्यधिक मत दिएर विजयी गराउनआग्रह गरेका हुन् । 

उनले भने,“म यहाँका जनताका मुहार फेर्न सक्छु, म यही अठोटका साथी राजनीतिक यात्रामा होमिएको हो, र मैले लिएको अब पूरा हुने दिनआएको छ, जनताले पनि मलाई विश्वास गरेर विजयी गराउनुपर्छ ।”

अहिलेसम्म कति विकास गर्नुभयो भनेर पत्रकार धमलाले तेर्साएको एक प्रश्नमाउनले भने,“हेर्नुहोस्, विकास भन्ने कुरा यति वा उति भनेर नाँप्न सकिने कुरा होईन, तर विकास भन्ने कुरा क्रमिक रुपमा बढ्दै जान्छ, यहाँ अब विकासका लहरहरु आउँदैछन, हामी लोकतान्त्रिक गठबन्धन खासगरी कांग्रेस, राप्रपाप्रजातान्त्रिक र संघीय समाजवादी फोरमका साथीहरु संयुक्त अठोटका साथ अघि बढिरहेका छौं, अब जनतालाई समृद्ध बनाउन कुनै कसर बाँकी राख्दैनौं ।”

आफू आपूर्ति मन्त्री हुँदा आयल निगमको ऋण तिरेको कुरा उल्लेख गर्दै सांसद कोषबाट पाएको ५० लाख रुपैयाँ पनि धनकुटाका विकासको लागि खर्चिएको थापाले जानकारी दिए । 

“यो कुरा यहाँका सम्पूर्ण जनतालाई थाहा छ,”उनले थपे “फेरि दोहोर्याएर भन्नुपर्छजस्तो मलाई लाग्दैन।”उक्त रकम उनले यहाँका पूर्वाधार विकासमा खर्चिएको स्पष्ट पारे । 

धनकुटालाई प्रदेश नम्बर १ को राजधानीबनाउने, एयरपोर्ट बनाउने, कृषिको हबबनाउने, पर्यटनको विकास गर्ने, जलबिद्युत आयोजना निर्माण गर्ने लगायत कामहत्वकांक्षी एजेण्डाहरु उनले अघि सारेका छन् । 

थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तो वाम गठबन्धनको बहुमत नआउने दाबी गर्दै कसको बहुमत आउँछ भन्ने कुरा मंसिरको अन्तिमसम्म कुर्न आग्रह गरे । 

उनले भने,“संयुक्त लोकतान्त्रिक गठबन्धनको बहुमत आउँछ, हेर्दै जानुहोला हामी सरकार बनाउँछौं ।”
 
विश्वमै कम्युनिष्ट शासन स्खलित हुँदै गएकोले नेपालीजनताले नेपालमा कम्युनिष्ट शासन नरुचाएको उनको दाबी थियो । 

उनले भने,“अहिले जनता प्रजातन्त्रमा विश्वास गर्छन, पीजंडामा थुनिएको सुगाजस्तो हुन चाहँदैनन्, त्यसैले म भन्छु वाम गठबन्धनको दुई तिहाई वा बहुमतको कुरा चुनावपछि कता जान्छ कता?”

 उनले एमाले र माओवादी केन्द्रवीचको एकताप्रयास र गठबन्धनबाट आफूहर रत्ति पनि नआँत्तिएको, नमाँत्तिएको र नपात्तिएको जिकिर गरे । उनले धनकुटामा वाम गठबन्धनले बाजीमार्ला तर आफूहरुले चाहीँजित्ने सुनिश्चित भैसकेको दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ